नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०८ असार ।
बागमती प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगीतामा धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसकी विद्यार्थी समिक्षा अधिकारी दोस्रो भएकी छिन् ।
युवा तथा खेलकुद मन्त्रालय प्रदेश युवा पारिषदको कार्यालय बागमती प्रदेशद्धारा आयोजित प्रदेश स्तरिय युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत “सिर्जनशिलता र उद्यमशिलता प्रर्वद्धन : बागमतीमा युवा सशक्तिकरण” बिषयक बक्तृत्वकला प्रतियोगीतामा धादिङकी अधिकारी दोस्रो भएकी हुन् ।
काठमाण्डौ, भक्तपुर, ललितपुर र धादिङ जिल्लाका प्रतियोगीहरुबाट छनौट हुदै प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी भएकी अधिकारीले प्रदेशमा दोस्रो स्थान हात पार्दै नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छिन् । प्रतियोगितामा भक्तपुर जिल्लाबाट छनोट भएर आएका प्रवेश तिमल्सिना प्रदेश प्रथम भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धित्तिय, तृत्तिय र सान्तवता हुनेलाई क्रमश नगद रु ३० हजार, २५ हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा धादिङ जिल्लाबाट रोशन कोईराला र समिक्षा अधिकारी छनोट भएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |