निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
काठमाडौं, ८ असार ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको हो । सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्चा भटमास तेल, ३६ अर्ब ५९ करोड ६५ लाख ३८ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ७२ करोड ८२ लाख १७ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ ।
उक्त अवधिमा नेपालमा कूल ६८ करोड ८८ लाख ७ हजार ६२७ लिटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ । नेपालमा अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, भियतनाम, इण्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी १२ देशबाट कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरेको छ ।
नेपालमा सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिना, ब्राजिल र पराग्वेबाट आउने गरेको छ । यी सबै दक्षिण अमेरिकी राष्ट्र हुन् । नेपालमा सबैभन्दा बढी कच्चा पाम तेल इण्डोनेसिया, मलेसिया र फिलिपिन्सबाट आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
यस्तै, नेपालमा सबैभन्दा बढी कच्चा सनफ्लावर तेल युक्रेन, रुस र अर्जेन्टिनाबाट आउने गरेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |