Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र १८, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित

तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछि : पहिले व्यापारी, अहिले ज्याला मजदुरी

४८९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ८, बुधबार (३ साल अघि)
तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछि : पहिले व्यापारी, अहिले ज्याला मजदुरी

सिन्धुपाल्चोक, ८ असार । 

चीनसँग सीमा जोडिएको तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुँदा व्यवसायी पलायन हुन थालेका छन् । ०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएकोे तातोपानी नाका ठूलो तामझामका बीच १५ जेठ ०७६ मा उद्घाटन भई सन्चालनमा आएको थियो । तर, केही बर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक, कोभिड महामारी लगायतका कारण देखाउँदै करिब डेढ वर्षदेखि यो नाका सुस्त बनेको छ ।

स्थानीय व्यवसायी वेदबहादुर श्रेष्ठ भन्छन्, ‘सभामुख, अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले बेलाबेलामा व्यापार सहजीकरणका लागि नाकास्थलको निरीक्षण गर्ने गरेको छ । तर, चिनियाँहरूले नाकामा सुरक्षा प्रोटोकलमा थप कडाइ गरेको छ । चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गर्छ ।’

अहिले नेपाली ट्रक सामान लिन चीन जान पाउँदैन । चीनले नै ड्राइपोर्टसम्म सामग्री ल्याइदिने हुँदा नेपाली व्यापारीले सोचे अनुसारको सामग्री ल्याउन पाउँदैनन् । तातोपानी नाकाबाट भूकम्पअघि हुने स्थानीय सामग्रीको निर्यात पनि अहिले शून्य छ । तातोपानी नाका हुँदै सामग्री ढुबानी गरेर ल्याउँदा धेरै झन्झड व्यहोर्नु पर्ने व्यवसायीहरू बताउँछन् ।

भन्सार प्रमुख नाराद गौतमका अनुसार माथिबाट पहिरो र तलबाट भोटेकोशी नदी कटानले तातोपानीसम्म पुग्ने बाटो भरपर्दाे र सहज छैन । कोदारी क्षेत्रमा अघिल्लो वर्ष गएको पहिरोका कारण क्षति भएको सडक निर्माण नहुँदा समस्यासँगै स्थानीय भने आक्रोसित छन् । नाकाबाट अहिले दिनमा ८–१० वटा कन्टेनर भित्रिन्छन् । मनसुनको समय भएकाले सडकसम्बन्धी जोखिम झन् बढ्दै गएको छ ।

मजदुरलाई जिविका धान्नै मुस्किल
नाका नियमित सन्चालनमा नआउँदा यसको मार सीमाका बासिन्दामा पनि परिरहेका छन् । सीमामा बस्ने अधिकांश स्थानीय व्यापार गरेर जीवन धान्ने गर्थे । अहिले सीमावासी तितरबितर भएका छन्  ।

सीमा गाउँमा खेतीयोग्य जमिन पनि छैन । उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोलेपोके व्यापार नै हो । पछिल्लो समय व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर जिविका चलाउनुपर्ने अवस्थामा छन् । तर, अनेकन चुनौतीले ठूला व्यापारी पलायन हुने अवस्थामा पुग्दा मजदुरीबाट समेत जीविका धान्न मुस्किल पर्न थालेको उनीहरूको दुखेसो छ ।

मजदुर फुर्पा शेर्पा भन्छन्, ‘जग्गा जमिन हुनेले त कमाई गरेर खान्छन्, जग्गा नै नहुनेको बिजोक छ, व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर कमाएको पैसाले जीविका धानेको थियो, नाका बन्द भयो जीवन धान्न गाह्रो छ । कतै जाउँ जाने ठाउँ छैन् ।’

भूकम्पअघि सम्म यहाँ दैनिक १४ सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवारको चहलपहल हुन्थ्यो । तर, अहिले सुनसान जस्तै बनेको छ ।  व्यवसायी र स्थानीयले सरकारलाई पटक पटक नाका सहज बनाउन आग्रह गर्दै आएका छन् । सरकारले पनि चिनिया पक्षलाई विवरण राख्ने आश्वासन दिने गर्छ । तर, नाका चिनिया अधिकारीको आदेशअनुसार सीमित मात्रै खुल्छ । नाका सहज हुने वातावरण भने अझै पनि बन्न सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • निजामती सेवा दिवसको अवसर पारेर बृक्षारोपण

    निजामती सेवा दिवसको अवसर पारेर बृक्षारोपण

  • जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित : अध्यक्ष दाहाल

    जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित : अध्यक्ष दाहाल

  • एसईईमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई नगर परिक्रमा सहित सम्मान गर्छौ : मेयर ढुंगाना

    एसईईमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई नगर परिक्रमा सहित सम्मान गर्छौ : मेयर ढुंगाना

  • टन्सिल हुँदा के खाने, के नखाने ? यस्तो छ घरेलु उपचार !

    टन्सिल हुँदा के खाने, के नखाने ? यस्तो छ घरेलु उपचार !

  • समाचार
    निजामती सेवा दिवसको अवसर पारेर बृक्षारोपण

    निजामती सेवा दिवसको अवसर पारेर बृक्षारोपण

    जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित : अध्यक्ष दाहाल

    जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित : अध्यक्ष दाहाल

    एसईईमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई नगर परिक्रमा सहित सम्मान गर्छौ : मेयर ढुंगाना

    एसईईमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई नगर परिक्रमा सहित सम्मान गर्छौ : मेयर ढुंगाना

    टन्सिल हुँदा के खाने, के नखाने ? यस्तो छ घरेलु उपचार !

    टन्सिल हुँदा के खाने, के नखाने ? यस्तो छ घरेलु उपचार !

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0