नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड
एजेन्सी
न्युयोर्क, ८ असार।
अमेरिकाले सिगरेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ । यसका लागि सरकार उत्पादकहरूसँग छलफल गरिरहेकाे छ ।
चुरोटमा सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । यो नीति सफल भएमा यसै शताब्दीको अन्त्यसम्ममा लाखौं जीवन बचाउन सकिने र यसले भविष्यलाई एउटा आकार दिनेछ, जहाँ चुरोट अब लत र दुर्बल रोगहरूको लागि जिम्मेवार हुनेछैन् ।
निकोटिन यस्तो रसायन हो, जसले लाखौंलाई सुर्तीजन्य उत्पादनहरूमा जोड्छ । सुर्तिजन्य पदार्थमा हुने अन्य हजारौँ रसायन र यसको धुवाँले क्यान्सर, मुटुरोग, मस्तिष्कघात, फोक्सोको रोग, मधुमेहलगायतका रोगहरू निम्त्याउने गर्छ ।
यद्यपि युरोपको तुलनामा अमेरिकामा धुम्रपान कम प्रचलित र घट्दै गए पनि रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो देशमा प्रति वर्ष ४ लाख ८० हजार मृत्युमा जिम्मेवार छ । सीडीसीको तथ्यांकअनुसार सबै अमेरिकी वयस्कहरूको लगभग १३ दशमलब ७ प्रतिशतले चुरोट पिउँछन् । चुरोटमा निकोटिनको मात्रा घटाउने सबाल अमेरिकी अधिकारीहरूबीच वर्षौंदेखि चर्चाको विषय बनेको छ ।
सीडीसीका अनुसार धुम्रपानको कुल आर्थिक लागत प्रति वर्ष ३ सय अर्ब डलरभन्दा बढी छ ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।