बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
ओटावा, ३० जेठ
चर्चित पप गायक जस्टिन बिबर एक दुर्लभ रोगका कारण आफ्नो आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । प्यारालाइसिसपछि उनले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । यो रोगका कारण उनको अनुहारमा पक्षाघात र स्नायुलाई कमजोर बनाएको छ । टोरन्टो र वाशिंगटन डीसीमा कार्यक्रम रद्द गरेपछि उनले अनुहारको आधा भाग नचल्ने भन्दै आफ्नो अवस्था ‘धेरै खराब’ भएको बताएका थिए ।
के हो रामसे हन्ट सिन्ड्रोम ?
राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी समस्या हो । राम्से हन्ट सिन्ड्रोमलाई सामान्यतया हर्पेस जोस्टर ओटिकस पनि भनिन्छ । कानको वरपर र मुख तथा जिब्रोमा रातो दाग आउनु यस रोगको मुख्य लक्षण हो ।
भेरिसेला–जोस्टर भाइरसका कारण यो सिन्ड्रोम देखिन्छ । यो त्यही भाइरस हो जसले बालबालिकामा ठेउला र दाद निम्त्याउछ । बाल्यकालमा ठेउला भएको व्यक्तिमा भाइरस दशकौंसम्म लुकेर बस्न सक्छ । विज्ञहरूका अनुसार भेरिसेला–जोस्टर भाइरस पुनः सक्रिय हुँदा यसले शरिरमा दाद निम्त्याउँछ र केही परिस्थितिहरूमा रामसे हन्ट सिन्ड्रोम निम्त्याउछ । भाइरस किन पुनः सक्रिय हुन्छ र अनुहारको नसालाई कस्तो असर पार्छ भन्ने प्रष्ट छैन् ।
सुन्ने क्षमता गुम्दै जानु, कान कराउनु, मुख तथा आँखा सुख्खा हुनु, एउटा आँखा झिमिक्क गर्न समस्या हुनु र स्वाद हराउनु रामसे हन्ट सिन्ड्रोमका लक्षण हुन् । सिन्ड्रोमबाट पुरुष र महिला समान रूपमा प्रभावित छन् । एक अनुमानअनुसार अमेरिकामा हरेक वर्ष प्रत्येक १ लाख जनामध्ये ५ जनामा यो सिन्ड्रोम देखिन्छ । –एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |