धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,२० जेठ
धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाको ठुलो गाउँमा सुरक्षित बैदेशिक रोजगारीको लागि समुदाय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सहि सूचना र परामर्श दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको निवर्तमान वडा अध्यक्ष धिराज तामाङले जानकारी दिनुभयो । बैदेशिक रोजगारीमा लहैलहैमा जाँदा लापामा विभिन्न समस्या आएको भन्दै तामाङले लापाबासी विदेशमा जाँदा कुनै समस्या भोग्नु नपरोस भनेर कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।
सामान्य जानकारी समेत थाहा नहुदा प्रत्येक कदम कदममा ठगीएको भन्दै तामाङले हाम्रो दाजुभाई तथा दिदी बहिनीहरुले केहि समस्या भोग्न नपरोस भनेर कार्यक्रमको आयोजना गरीएको जानकारी दिनुभयो । समुदाय अभिमुखीकरण कार्यक्रममा स्थानीय बासि लगायत लापा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
श्री लापा कुकु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष म्लङगे तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रम्बा तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा लापा रेडक्रस उपशाखाका सभापति मिम्बा तामाङ, लापा माविका प्रधानाध्यापक शसी प्रसाद चौधरी, लापा प्रहरी चौकी ईन्चार्ज युवराज गुरुङ, वडा नम्बर ५ का वडा सदस्य लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजना धादिङका कार्यक्रम संयोजक तथा अधिवक्ता दिनेश दुवाडीले सुरक्षित वैदेशिक रोजगारको लागि अपनाउने प्रक्रियाको बारेमा जानकारी गराउनुभयो ।
विदेश जानुपुर्व सिप अनिवार्य सिक्नुपर्ने,आफु जाने देशबारेमा जानकारी हुनुपर्ने, विमा, स्वास्थ्य परिक्षण, श्रम स्विकृती, नेपालकै एयरपोर्ट प्रयोग गर्ने र कागजपत्रको महत्वको विषयमा जानकारी गराउनु भएको थियो।
बिदेश जानेहरुको लागि निशुल्क सिप सिकाईरहेको भन्दै दुवाडीले निशुल्क सिप सिक्नको लागि आग्रह गर्नुभयो । यसैगरी मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बैदेशिक रोजागारको कारण उत्पन्न हुने मनोसामाजिक समस्या र बालबालिकारुमा पर्ने असरको विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा बोल्ने अतिथीहरुले बैदेशिक रोजगारलाई सुरक्षित बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । स्थानीय तहले वडामा स्वरोजगारी बनाउने कार्यक्रम सन्चालन गरेपनि त्यो प्रर्याप्त नभएको भन्दै विदेश जानुपुर्व एक पटक सामी परियोजनामा गएर सहि सुचना लिनको लागि पनि आग्रह गर्नुभएको थियो ।
स्वदेशमै रोजगारी गरौँ तथा विदेश जाने भए सहि सुचना लिएर मात्रै जाऔँ भन्ने उदेश्यले धादिङको ४ वटा पालिकामा सुरक्षित आप्रवासन सामी परियोजना सन्चालनमा रहेको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |