Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदानसिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

४६४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १८, बुधबार (२ साल अघि)
एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

काठमाडौं, १८ जेठ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथी १० वटा दाबी बिरोध परेको छ ।

समितिले  मंगलबार साँझ ५ बजेसम्मका लागि दाबी विरोधको समय दिएको थियो । हाल अध्यक्षका प्रत्यासी रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ दुबै समूहले दाबी तथा विरोध गरेका छन् ।

अध्यक्ष उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले सिन्धुली जिल्ला फुटबल संघले एन्फाका केन्द्रीय सदस्य रवीन्द्रनाथ कोजुको प्रतिनिधित्वमा निर्वाचन भएको हुँदा सम्पूर्ण कानुनी प्रक्रिया पूरा पालना गरिएकाले मताधिकार कायम गर्न उजुरी गरेको छ ।

यसैगरी सोही समूहले  महिला फुटबल समितिको २६ वैशाखकाे बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरिएकोमा कीर्ते गरि विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रुपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

यस्तै, स्याङ्जा जिल्ला फुटबल संघको मताधिकारमाथि पनि उजुरी परेको समितिले जनाएको छ । जसअनुसार जिल्ला फुटबल संघको १० वैशाख बसेको कार्यसमिति बैठकले निर्णय पठाएकोमा एन्फाले २१ गतेभन्दा अघिको बैठकको मान्यता नहुने भन्दै प्रतिपत्र पठाएको थियो । त्यहीअनुसार २१ गतेभन्दा अघि बसेको बैठक गैरकानुनी रहेको भन्दै त्यसबाट पठाइएको मताधिकार खारेजीको माग गर्दै समितिमा उजुरी परेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भूमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेवारी स्वत खारेज हुने जिकिरका साथ समितिमा उजुरी परेको बताइएको छ ।

त्यस्तै कैलालीको स्टार सिटी क्लब र मनकामना क्लबले जिल्ला र केन्द्रको दुवै निर्वाचनमा मताधिकार पाएकाले त्यो स्वत विधानविपरीत हुने भन्दै दुवै क्लबको मताधिकार खारेज गर्न माग दाबी गर्दै उजुरी गरिएको छ ।

यसैगरी सिराहा जिल्ला फुटबल संघका महासचिव प्रविणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने दाबीका साथ उजुरी परेको छ । यादवलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा महासचिव इन्द्रमान तुलाधरले एन्फा केन्द्रीय सदस्य भन्दै आसन ग्रहण गराएको कुरालाई उजुरीकर्ताले उनी अझै केन्द्रिय सदस्य कायम रहेको प्रमाणका रुपमा पेश गरेको छ ।

सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको प्रतिनिधित्वमाथि पनि उजुरी परेको छ । भण्डारी सामाजिक उत्तरदायित्वको संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरुको कार्यकाल चार वर्ष हुने जिकिर गर्दै त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज गर्ने माग राखिएको छ ।

यता, हालका अध्यक्ष कर्माछिरिङ शेर्पा समूहले ‘बी’ डिभिजन लिगको क्लब बाँसबारीले केन्द्रिय निर्वाचनका लागि मताधिकार दिँदा तयार पारेको निर्णय वैध नभएकाले खारेज गर्न माग राख्दै उजुरी दिएको छ ।

यसैगरी कर्मा समूहले सुर्खेत जिल्ला फुटबल संघले केन्द्रीय निर्वाचनका लागि मताधिकार र प्रतिनिधि चयन गर्दा किर्ते गरेको भन्दै निर्णय खारेजीको मागसहित उजुरी दिएको छ । समितिले  आज बुधबारै साँझसम्ममा उजुरीमाथि निर्णय भइसक्ने बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

  • बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • समाचार
    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0