निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, १२ जेठ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यु-२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिको सिफारिसमा केसीलाई चयन गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
केसीले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब हेरेका थिए । केसीकै नेतृत्वमा सातदोबाटो चौथो भएको थियो । त्यसअघि थ्री स्टार क्लब, एफसी चितवनलगायत टिमका प्रशिक्षक रहेका केसी नेपाली फुटबलमा चर्चित प्रशिक्षक हुन् ।
उनले नेपालको यु-१९ फुटबल टिमसमेत हेरेका छन् । यस्तै राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरेका छन् ।
नेपाली युवा टिम उज्बेकिस्तानमा सेप्टेम्बरमा हुने छनोटका लागि समूह ‘बी’मा परेको छ । सेप्टेम्बर १० देखि १८ सम्म चल्ने छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |