Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

एन्फा निर्वाचन : नेम्बाङ समूहको उम्मेदवारी दर्ता,उपाध्यक्षमा धादिङका खतिवडाको उम्मेदवारी

नीलकण्ठ एफ.एम १८५४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (४ साल अघि)
एन्फा निर्वाचन : नेम्बाङ समूहको उम्मेदवारी दर्ता,उपाध्यक्षमा धादिङका खतिवडाको उम्मेदवारी

काठमाडौं, ११ जेठ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को ६ असारमा हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले उम्मेदवारी दर्ता गराएको छ ।

वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले अध्यक्ष पदमा शुक्रबार नै उम्मेदवारी गर्दा गराइसके पनि उनको प्यानलका अन्यले आज (बुधबार) निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममै वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्कालाई उठाउने घोषणा गरिएको थियो । त्यहीअनुसार खड्काले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए ।

यसैगरी चार उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट एनआरटी क्लबका सुन्दरनरसिंह जोशी, काठमाडौं जिल्ला फुटबल संघका विराटजंग शाही, प्लानिङ ब्वाइज युथ क्लबका दावा लामा र धादिङ जिल्ला फुटबल संघका दीपक खतिवडाले उम्मेदवारी दर्ता गराए ।

१३ खुल्ला सदस्य पदका लागि ललितपुर जिल्ला फुटबल संघका पुरुषोत्तम थापा, भोजपुर जिल्ला फुटबल संघका प्रविण सुवाल, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत, काभ्रेका विकासनारायण श्रेष्ठ, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री र मनाङ मर्स्याङदी क्लबका विजय घलेले आजै उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

नेम्वाङ प्यानलबाट यसअघि नै बाँके जिल्ला फुटबल संघका भोजराज शाही, सुर्खेत जिल्ला फुटबल संघका रविन्द्र चन्द र कैलाली जिल्ला फुटबल संघका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका थिए ।

आगामी चार वर्षे कार्यकालका लागि ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् । यसैगरी फ्रेन्ड्स क्लबका राजीव पौड्यालले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

  • खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

  • ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

  • करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

  • समाचार
    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0