नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, ११ जेठ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा सञ्चालनमा आएका निजी कम्पनीका फ्रेन्चाइज लिगलाई क्षेत्रीय लिगको संरचनामा सञ्चालन भए अनुमति दिने भएको छ ।
क्यानको बोर्ड बैठकले यसअघि हुँदै आएका लिगलाई क्षेत्रीय संरचनामा सञ्चालन भए अनुमति दिने निर्णय गरेकाे हाे । क्यानले नेपाली क्रिकेटमा फ्रेन्चाईज लिगले पुर्याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गरेको छ ।
‘नेपालमा हालसम्म सञ्चालन रहेका अन्य फ्रेन्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने,’ क्यानकाे निर्णयमा उल्लेख छ ।
क्यानले यसअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्दै आधिकारिक नेपाल टी-२० लिग गर्ने घोषणा गरेको थियो । त्योसँगै नेपालमा सञ्चालनमा आएको एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) मारमा परेका थिए ।
यसअघि क्यान निस्क्रिय र आईसीसीको प्रतिबन्धमा पर्दा तीनवटै फ्रेन्चाइज लिग सञ्चालमा थिए । अब, भने यी तीनै लिग क्षेत्रीय संरचनामा गर्ने भए क्यानले अनुमति दिने भएकाे हो ।
‘संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने, तर क्षेत्रीय लिगको संरचानामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिने सकिनेछ,’ क्यानको निर्णयमा भनिएको छ ।
यसै हप्ता मात्र ईपीएल आयोजक र सहभागी सात क्लबका मालिकहरूले प्रतियोगिता आयोजना गर्न पाउनु पर्ने भन्दै पत्रकार सम्मेनल गरेपछि क्यानले यो निर्णय लिएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |