बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
एजेन्सी
टोकियो, १० जेठ।
विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् । टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सरमा बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल गर्ने विषयमा मोदीको प्रशंसा र चीनको आलोचना गरेका हुन् ।
एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति बाइडेनले कोभिड १९ महामारी ह्यान्डल गर्ने मामिलामा भारतको सफलताको प्रशंसा गरेका हुन् ।
मोदीको सफलताले संसारलाई लोकतन्त्रले प्रदान गर्न सक्छ भनेर देखाएको बाइडेनले बताए । ‘चीन र रुस जस्ता निरंकुश राष्ट्रहरूले द्रुत रूपमा परिवर्तन भइरहेको संसारलाई राम्रोसँग ह्यान्डल गर्न सक्छन् भन्ने भ्रमको पर्दाफास गरेको छ किनकी तिनीहरूको नेतृत्वले लामो लोकतान्त्रिक प्रक्रियाहरू पार नगरी निर्णय लिन र कार्यान्वयन गर्न सक्छन्’, ती अधिकारीले भने ।
प्रधानमन्त्री मोदीले क्वाड नेताहरूको शिखर सम्मेलनको केही समयपछि अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेका थिए । यसअघि मोदी र बाइडेनबीच भर्चुअल माध्यममार्फत अप्रिलको दोस्रो साता छलफल भएको थियो ।
बाइडेनले दाबी गरे पनि भारतमा कोभिड पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । अझै पनि दैनिक १५ सयदेखि दुई हजार जना संक्रमित भेटिने गरेका छन् । पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २६ जनाको मृत्यु भएको छ ।
चीनमा केही साता ह्वात्तै बढेको कोभिड सङ्क्रमण फेरि घटेकाे छ । पछिल्लो समयमा चीनको सांघाईमा फैलिएको कोभिड संक्रमणमा केही कमी आएको हाे। नियन्त्रण बाहिर जान थालेपछि सांघाईमा लामो समय लकडाउन घोषणा गरिएको थियो । करिब २ करोड ५० लाख जनसंख्या रहेको सांघाई सरकारले सामूहिक कोरोना परीक्षण गर्नेदेखि यात्रामाथि प्रतिबन्ध लगाएकाे थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |