निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, ८ जेठ
राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वकाे सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो ।
त्यसयता नेपाल भलिबल संघ , भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयाेजना गरी यो दिनलाई भलिबल दिवस दिवस बनाउदै आएका छन् ।
आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल ब्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने भएको छ ।
यता, न्यु डायमन्ड एकेडेमीले पुरानो नैकापमा साँझ त्रिभुवन आर्मी क्लबसँग खेल्दै दिवस मनाउने योजना बनाएको छ । नेपाल भलिबल संघका सदस्य तथा पूर्व खेलाडी भरत शाह भलिबललाई व्यवस्थित, विस्तार र भलिबल खेलको पूर्वाधारमा सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउँछन् ।
‘हामी विस्तारै व्यवसायिक हुँदै छाैँ। यसलाई अझै विस्तार गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । संघ एक्लैले केही गर्न सक्दैन’,उनले भने ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |