Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

बिभिन्न विधामा उत्कृष्ट नगरपालिका बनाउन सफल ढुंगाना पुनः मेयरमा निर्वाचित(यस्तो छ,राजनीति जीवनी)

नीलकण्ठ एफ.एम २०५० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (४ साल अघि)
बिभिन्न विधामा उत्कृष्ट नगरपालिका बनाउन सफल ढुंगाना पुनः मेयरमा निर्वाचित(यस्तो छ,राजनीति जीवनी)

धादिङ,०५ जेठ
धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा भीम प्रसाद ढुंगाना बिजयी हुनुभएको छ ।बुधबार साँझ अबेर सम्पन्न मतगणना अनुसार मेयरमा गठबन्धनको तर्फबाट भीम प्रसाद ढुंगाना बिजयी हुनुभएको हो । भीम प्रसाद ढुंगानाले १३ हजार ६ सय ७५ मत ल्याएर बिजयी हुनुभएको हो ।
नेकपा एमालेको उम्मेदवारलाई पछि पार्दै ढुंगानाले पुनः दोस्रो पटक मेयरमा बाजि मार्नु भएको हो।

विकासप्रेमी नेताको रुपमा ख्याती कमाउनु भएका मेयर ढुंगाना धादिङको चर्चित नाम हो । २०७४ सालको निर्वाचनमा मेयरमा निर्वाचित हुनुभएका ढुंगानाले नगरपालिकाको विकासमा महत्वपुर्ण भुमिका खेल्नुभएको थियो।

आफु निर्वाचित भएपछि विभिन्न विधामा देशभरकै उत्कृष्ट नगरपालिका बनाउन सफल हुनुभएका मेयरप्रति नगरबासीको ठुलो विश्वास र भरोसा रहेको छ ।केन्द्र तथा दातृ निकायसँग बजेट ल्याउन सक्ने क्षमता भएकै कारणले नीलकण्ठ नगरपालिकामा ठुलो योजनाहरुको काम सुरुवातको चरणमा रहेको छ ।

ढुंगानाकै पालामा जापानको युसुहारा नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापित गराउनुभयो। युहुहारा नगरपालिकाले नीलकण्ठ नगरपालिकाको शिक्षा, प्रविधि, खानेपानी, कृषि लगायतको क्षेत्रमा सहयोग गर्ने सहमति समेत भएको छ । नगरपालिकाको बार्षिक बजेट भन्दा बढी दातृ निकायबाट ल्याउन सक्ने भएकै कारणले पनि ढुंगानाप्रति नगरबासीको अपेक्षा बढी रहेको छ ।

विभिन्न विधामा नीलकण्ठ नगरपालिका देशभरको नगरपालिका भन्दा उत्कृष्ट नगरपालिका घोषणा भएको छ । विक्रम संवत् २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका ढुङ्गाना सानै देखि निडर, हक्की र स्पष्ट वक्ताका रुपमा चिनिन्छन्।

२०३७ सालमा नीलकण्ठ मावि धादिङबेशीमा कक्षा ७ मा पढ्दै गर्दा नेबिसंघ जिल्ला सदस्य हुनुभएका ढुंगाना कक्षा ९ मा पढ्दै गर्दा २०३९ सालमा १६ वर्षको कलिलो उमेरमै नेपाल विद्यार्थी संघ धादिङको अध्यक्ष बन्न सफल हुनुभयो ।

युवाहरुको माझमा निकै लोक प्रिय छवि बनाएकै कारण तत्कालिन पञ्चायती सरकारले विभिन्न झुटो मुद्धा लगाई फसाउने सढ्यन्त्र समेत रचे पनि उहाँ त्यसबाट उम्कन सफल हुनुभयो ।

२०४२ सालमा भएको सत्याग्रहमा गिरफ्तार भई नुवाकोटमा ५ महिने जेल जीवन बिताउन बाध्य हुनुभएका ढुंगाना २०४६ साल अघि पञ्चहरुको बिरोधमा उत्रीएकै कारण पटक–पटक हिरासत र जेलमा पर्नुभयो ।२०४८ सालदेखिनै नेपाली काग्रेस धादिङको बिभिन्न अधिबेशनबाट निरन्तर क्षेत्रीय प्रतिनिधि, महादिबेशन प्रतिनिधि र महासमिति सदस्य बन्न सफल उहाँ नेपाली कांग्रेसको धादिङ क्षेत्र नं २ का पुर्व सभापति समेत हुनुभयो ।

१४ बर्षसम्म नेपाल विद्यार्थी संघ धादिङको नेतृत्व सम्माल्नु भएका उहाले २०४९ सालमा तत्कालिन मुरलीभज्याङ गाविसको अध्यक्ष बन्नुभयो ।२०५४ सालको स्थानिय निर्वाचनमा पनि उहाँ सोही गाबिसबाट पुन अध्यक्ष बन्न सफल हुनुभयो ।२०५५ सालमा गाविस राष्ट्रिय महासंघको माहासचिब बन्नुभयो ।

२०५९ सालमा गाविस महासंघको तर्फबाट सडक बोर्डको संस्थागत प्रतिनिधि हुदै २०६० सालबाट फन बोर्डको बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ । धादिङको विकास प्रेमी नेताको रुपमा परिचित हुनुभएका ढुंगानाको पहिलो ५ वर्षे कार्यकालमा नीलकण्ठ नगरपालिकालाई विभिन्न विधामा उत्कृष्ट नगरपालिका बनाउन सफल हुनुभयो । २०७९ सालमा ढुंगाना पुनः नीलकण्ठ नगरपालिकाको मेयरमा दोस्रो पटक बिजयी हुनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0