काठमाडौं, २ जेठ।
नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू भएको छ । आयोजक साइना साहारा ग्रुपले ट्यालेन्ट हन्टमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जनाएको छ ।
ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा प्रतिभा प्रस्तुत गर्न सक्नेछन् ।
रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन् भने निर्देशकमा हरि शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला छन् ।
सोको विजेताले ५० लाखदेखि विभिन्न अवसर प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउने छन् ।
अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाइ आयोजकको उल्लेख गरेको ठेगानामा पठाउनु पर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानु पर्नेछ । असोजमा विजेताको छनोट गरिने आयोजकले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |