धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
हेटौंडा, २९ वैशाख।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतपेटिका साटिन्छ भन्ने भ्रममा नरहन आग्रह गरेका छन् । धेरैमा मतपेटिका साटिन सक्ने भन्ने एक किसिमको भ्रम रहे पनि त्यस्ताे नहुने उनले बताए ।
यसअघिका केही निर्वाचनमा सुरक्षा सामग्री कम्जाेर भएका कारण मान्छेहरूले कमै विश्वास गर्ने गरेकाे हुनसक्ने उनकाे अनुमान छ । तर, यस पटककाे मतपेटिका निकै सुरक्षित रहेकाे उनकाे दाबी छ ।
‘अहिले अन्तराष्ट्रिय मापदण्डका प्रविधियुक्त सामान प्रयोग गरेका छौँ,’ उनले भने, ‘जस्तै मतपेटिकामा एउटा ‘सेक्युरिटी शिल’ छ । त्यसलाई एकचोटी खोलेपछि पुनः प्रयोग गर्न सकिँदैन । त्यस्तै एउटा कोड नम्बर पनि हुन्छ, त्यो कोड नम्बर एउटा शिलदेखि अर्काे शिलसँग जोडिँदैन । मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने शंका गर्नु पर्दैन । बाकस साट्ने सम्भावना छैन ।’ श्रेष्ठले मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना धेरै नभएको पनि बताए । ‘हामीले निरन्तर राजनीतिक दल र उम्मेदवारहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘आचारसंहिता पालना गर्ने कुरामा सबै जना सचेत हुनुहुन्छ । प्रतिबद्धता जनाउनु भएको छ ।’
असक्त, गर्भवती र साना शिशु भएका व्यक्तिलाई सवारीपास उपलब्ध गराएको श्रेष्ठको भनाइ छ । ‘अशक्त तथा अपांगता भएका व्यक्तिलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेका छौं,’ उनले भने ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |