हेटौंडा, २७ वैशाख।
हेटौंडामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर हेटौंडा १७, राईटोलका ५१ वर्षीय पूर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |