धादिङ,२६ बैशाख ।
राष्ट्रिय बालअधिकार परिषदले निर्वाचनको बेला बालबालिकाको प्रयोग बढेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । परिषदमा परेको उजुरीलाई आधार मान्दा वैशाख ८ यता आठवटा दलले बालअधिकार उल्लङ्घन गर्दै बालबालिकालाई सभा–जुलुसमा लगाएका छन् ।
परिषद्ले आफ्नो संयन्त्र परिचालन गरेर चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोगसम्बन्धी विवरण सङ्कलन गरिरहेको छ । उजुरीअनुसार दलहरूले चुनाव चिह्न अङ्कित टिसर्ट, टोपी र स्टिकर लगाइदिएर बालबालिकालाई जुलुस र सभामा लाने गरिएको छ ।
वक्ता तथा कलाकारका रूपमा, पर्चा बाँड्न, नारा लगाउन, झन्डा बोक्न पनि बालबालिका प्रयोग गरिएको पाइएको परिषदका कार्यकारी निर्देशक मिलन धरेलले बताउनुभयो ।
निर्वाचनको बहानामा बालबालिकाको प्रयोग गर्दा उनीहरूको पठनपाठनमा प्रत्यक्ष असर पर्ने, मनोवैज्ञानिक रुपमा पनि असर गर्ने भएकाले त्यसो नगर्न जानकारहरू बताउँछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |