रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,२५ बैशाख ।
नेकपा एमालेले गाउँगाउँमा मतदाता भेटघाट र सभा आयोजना गरेको छ। त्रिपुरासुन्दरी, धुनीबेसी, निलकण्ठ, गल्छी, गजुरी, बेनिघाटरोराङ, सिद्धलेक, गंगाजमुना लगायतका स्थानमा मतदाता भेटघाटपछि कोणसभाहरु आयोजना गरेको छ ।
निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मा आयोजना गरेको चुनावीसभालाई नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनी, नेकपा एमालेका नीलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपप्रमुख उम्मेदवार फन्द्रा तामाङ लगायतले सम्बोधन गर्नुभएको सुनौलाबजारबाट गायत्री खतिवडाले जानकारी दिनुभएको छ ।

शुशासनलाई प्राथमिकतामा राखेर जनताका लागि उनिहरुकै आवस्यकताकोआधारमा योजना बनाएर काम गर्ने एमालेको प्रतिवद्धता छ । नेताहरुले एमालेलेमात्र विकासको काम गर्न सक्ने भएकोले यस अघि निलकण्ठमा एमालेले नजित्दा जनताले ठूलो समस्या भोगिरहेकोउल्लेख गर्नुभएको छ।
ज्वालामूखी गाउँपालिकाको धुसेनीमा आज भएको कोषसभा अहिलेसम्मकै ठूलो सभा गरिएको थियो । नेकपा एमालेले दिगो विकासका लागि योजना ल्याएको, प्रतिवद्धतापत्र मार्फत जनताले जानकारी पाएकोले एमालेको विजयलेमात्र विकास सम्भव भएको एमालेउम्मेदवार हरीराम लोहनीले बताउनुभएको छ।

गजुरी गाउँपालिकाको वडामब्र १ र ५ मा नेकपा एमालेले घरदैलो अभियान चलाएको छ। एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष भगवती खतिवडा, वडा अध्यक्ष राजकुमार पंडित, रामचन्द्र मिजार घरदैलोमा सहभागि हुनुभएको थियो । मतदाता भेटघाटका क्रममा जितेर गएपछि जनताकालाइृ सम्झेर काम गर्न मतदाताले आग्रह गरेकाछन् । गाउँको माग अनुसार काम गर्न उनिहरुको माग छ ।

गल्छीको सबै वडामा मतदाता भेटघाट एमाले उम्मेदवारहरुले गरिरहेका छन् । जनताको माग जनताका लागि हुनु पर्ने गल्छी बासीको छ। नेकपा एमाले कार्यकर्ताहरुले मतदान गर्न समेत सिकाइरहेका छन् । थाक्रे गाउँपालिका वडा नम्बर ९ र १० मा नेकपा एमालेले विशाल र्याली आयोजना गरेको छ । मतदाता भेटघाट गर्दै रहेको उम्मेदवारहरुसंगै निस्केको ¥यालीले वडा नम्बर ९ र १० परिक्रमा गरेको थाक्रेबाट गोबिन्द सुवेदीले बताउनुभयो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा नेकपा एमालेले मतदाता भेटघापछि कोणसभा आयोजना गरेको छ।
एमालेलेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार देब त्रिपाठी, उपाध्यक्ष उम्मेदवार हिरादेबि रेग्मी, वडा अध्यक्ष उम्मेदवार विष्णु थापा लगायतले सम्बोधन गर्दै एमालेको विजयपछि चेपाङ समूदायको दिगो विकासका योजना ल्याइने बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |