Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

नीलकण्ठ एफ.एम १७९६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

काठमाडौँ, २५ वैशाख ।

परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ ।

नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् ।गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरु गरिएको हो ।

अति सहनशील बानीको गधा संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले बताए । उनका अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड हो । भाले गधा र पोथी घोडीको सङ्सर्गबाट खच्चड जन्मिने हो । घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्वले हेरिन्छ । यो नेपालका दुर्गम पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा इँटा बोक्ने काममा बढी प्रयोग हुँदै आएको छ ।

सडकमा लावारिस छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्न तथा सचेतनाका लागि भनेर ‘एनिमल नेपाल’ संस्थाले ललितपुरमा ‘डुकुछाप डङ्की सेन्चुरी’ नाममा गधा पुनःस्थापना केन्द्र स्थापना गरेको छ । सो संस्थाले साताभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले जानकारी दिए ।

काम नलाग्ने भएपछि लावारिस छाड्ने क्रम बढ्दो

पुनःस्थापना केन्द्रमा हाल काठमाडौँ, ललितपुर र भक्तपुरका इँटाभट्टामा प्रयोग गरी काम नलाग्ने भएपछि लावारिस छाडिएका दुई दर्जन बढी घोडा, खच्चड र गधा छन् । केन्द्रमा स्याहार र उपचारका लागि पशु चिकित्सकसहित प्राविधिक र अन्य कर्मचारी खटिएका छन् ।

कार्यकारी निर्देशक जोशीले सो पुनःस्थापना केन्द्रको अवधारणा सन् २००९ देखि इँटा उद्योगमा काम गर्ने गधा, खच्चड र घोडाका लागि औषधोपचार गर्ने र यो जनावर पाल्ने समुदायमा चेतनाको स्तर बढाउन तालिम दिने उद्देश्यले ल्याएको बताए ।

संस्थाले घाइते घोडा, खच्चड र गधाको उद्धार गरी पुनःस्थापना केन्द्रमा ल्याउने र उपचार गरी त्यही राख्ने गरेको छ । यो उनीहरुको बारेमा थप जान्न चाहनेका लागि अध्ययन तथा सिकाइ थलो पनि बनेको उनले बताए। केन्द्रमा हाल हिकाष्ट कलेजका पशु चिकित्सक विषयमा अध्ययरत विद्यार्थीले ‘इन्टर्न’ गरिरहेका छन् ।

खासगरी माटोका भाडा बनाउने कसगर, धोबी र कलन्दर समुदायले गधा पाल्ने गर्छन् । कामको सिजनमा देशभरका इँटाभट्टामा इँटा बोक्ने काममा प्रयोग गर्ने र अन्य समयमा बाँकेको नेपालगञ्ज, महोत्तरी, रौतहट, सिरहालगायत तराई क्षेत्रमा माटाका भाँडा बजारसम्म बोक्ने तथा पहाडमा ढुवानीको साधनका रूपमा गधाको प्रयोग गर्ने गरिन्छ ।

अनौपचारिक तथ्याङ्कानुसार हाल नेपालमा एक लाख ५० हजारको हाराहारीमा अश्व प्रजातिका घोडा, खच्चड र गधा रहेको अनुमान छ । तीमध्ये घोडा र खच्चडको सङ्ख्या तुलनात्मक धेरै भएपनि गधाको सङ्ख्या भने न्यून हुँदै गएको छ । यही अवस्था रहीरहे यो लोपोन्मुख जनावरको सूची हुने उनले बताए । नेपालमा गधाको प्रजनन ज्यादै न्यून हुने गरेको र अधिकांश भारतका विभिन्न स्थानबाट भित्रिने गरेको छ । घोडा र खच्चड भने नेपालका पहाडमा बढी देखिन्छन् ।

एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने पहाडमा ढुवानीका लागि महत्वपूर्ण योगदान रहेको गधा संरक्षण राज्यका तर्फबाट प्राथमिकतामा पर्न नसकेको बताए । गधालाई घरपालुवा जनावरमा नराखी भारवाहक पशुका रूपमा राखिएको छ ।

स्पष्ट कानुन नहुँदा बिमा गर्न समस्या

स्पष्ट कानुन नहुँदा यसको बिमा गर्न पनि समस्या रहेको अध्यक्ष शाहले गुनासो गरे । अश्व प्रजातिका जनावर बढी पाइने र काम हुने स्थानमा पशु चिकित्सकीय सेवा र तालिम प्रदान गरी यससम्बन्धी सूचना र सचेतना बढाउन उनले माग गरे । तराईको सम्म मैदानमा बस्ने र काम गर्ने गधालाई उच्च पहाडी भू–भागमा कामका लागि लैजान नहुने उनको धारणा छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्दै पशु स्वास्थ्य तथा पशु सेवा ऐनको मर्मअनुरुप पशु कल्याण सुनिश्चित गर्न पशु कल्याण निर्देशिका, २०७३ जारी गरेको सूचना अधिकारी डा प्रदीपचन्द्र भट्टराईले बताए ।

यसैगरी नेपालमा हालसम्म घोडाको मात्र व्यावसायिक प्रजनन केन्द्र रहेको छ । नेपाली सेनाले चितवनको भरतपुरमा घोडा प्रजनन केन्द्र स्थापना गरेको छ । प्रजनन केन्द्रमा हाल माउ र बच्चा गरी १०० घोडा रहेको र प्रत्येक वर्ष उमेरले परिपक्व भई चढ्नलायकका घोडा काठमाडौँ ल्याइ तालिम गराउने गरिएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले जानकारी दिए ।

उनका अनुसार काठमाडौँको नारायणहिटी दरबार परिसरभित्र सेनाको उपत्यका कमाण्डअन्तर्गत नेपाल क्याभलरी रहेको र हाल त्यसमा १२० घोडा छन् । सेनासँग रहेका घोडामध्ये प्रजनन अनुसार पर्सेरियन, अनुबेरियन र अरेबियन गरी तीन प्रकारका छन् भने काममा प्रयोग गरिनेअनुसार सबैभन्दा सानो घोडा ‘पोनी हर्स, त्यसभन्दा ठूलो ‘राइडिङ हर्स’ र सबैभन्दा ठूलो ‘कार्ट हर्स’ रहेका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0