निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, २५ वैशाख।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।
हाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा रहेका थापाले धोबिघाटस्थित अगेनो रेस्टुरेन्टमा दिउसो पौने २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।
थापाले नेपाली फुटबल र आफ्नो केही महत्वपूर्ण विषयमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको बताएका छन् ।
‘मैले नेपाली फुटबल र मेरो केही महत्वपूर्ण विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भइदिनुहुनका निमित्त हार्दिक अनुरोध गर्दछु,’ थापाले आग्रह गरेका छन् ।
यसअघि थापाले पत्रकार सम्मेलन गर्ने बताएका पनि व्यक्तिगत कारण देखाउँदै स्थगित गरेका थिए ।
करिब दुई दशक नेपाली फुटबलको सर्वाेच्च संस्था एन्फा हाकेका थापाले यस समयमा गर्ने पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।
एन्फाको आगामी चुनाव ६ असारमा हुँदै छ । आगामी ४ वर्षको नेतृत्व समाल्ने गरी हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ चुनावी मैदानमा उत्रँदै छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |