नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, २५ वैशाख।
राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षक विवादसम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आइतबार बस्दै छ । गत बिहीबार एन्फा सचिवालयले कार्यसमिति सदस्यहरुलाई पत्रचार गर्दै आइतबार (आज) दिउँसो २ः०० बजे बैठक उपस्थित हुन आग्रह गरेको थियो ।
पत्रमा राष्ट्रिय पुरुष टिमको सम्बन्धमा छलफल गर्न आवश्यक रहेको हुँदा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा कार्यसमितिको बैठक बस्न लागिएको उल्लेख छ ।
एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै रोहित चन्दसँगै, विमल घर्तीमगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट लगायतका खेलाडीहरुले प्रशिक्षण छोडेका थिए ।
तर, प्रशिक्षक तथा व्यवस्थापकहरूले सूचना नदिई ‘खेलाडी भागेको’ प्रतिक्रिया दिएका छन् । यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानबिनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।
यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताएका थिए । यसको सत्यतथ्य छानबिनका लागि एन्फाले बुधबार एक सदस्यीय छानबिन समिति गठन गरेको भन्दै समाचार प्रकाशन गरे पनि पछि आफ्नो आधिकारीक वेबसाइटबाट डिलिट गरेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |