Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिपमा तीन सयभन्दा बढी खेलाडी

नीलकण्ठ एफ.एम ७६९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिपमा तीन सयभन्दा बढी खेलाडी

काठमाडौं, २४ वैशाख

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सयभन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ ।

च्याम्पियनसिप मे १३ र १४ तारिखमा अमेरिकाको मिचिगन राज्यमा हुँदैछ । च्याम्पियनसिपका लागि मे १० तारिखसम्म खेलाडी दर्ता खुल्ला छ ।

तर, ६ तारिखसम्ममा तीन सयभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आइओएफटीसीको स्थानीय इभेन्ट म्यानेजर अमूल गोर्खालीको भनाइ छ ।

‘अहिलेसम्म खेलाडी दर्ता संख्या तीन सय नाघ्यो, दस तारिखसम्म यो संख्या तीन सय ५० भन्दा माथि पुग्ने देखिएको छ,’ गोर्खालीले भने ।

मिचिगनमा हुनलागेको च्याम्पियनसिपको स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमी रहेको छ । इभेन्ट म्यानेजर अमूल गोर्खालीका अनुसार १३ तारिख खेलाडीको वेट लिइने छ । मुख्य प्रतिस्पर्धा भने मे १४ तारिख हुनेछ ।

च्याम्पियनसिपमा अहिलेसम्म अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । अमेरिका भित्र पनि मिचिगन बाहेक ११ राज्यका खेलाडीले सहभागिता जनाउँदै छन् ।

गोर्खालीका अनुसार अमेरिकाका विभिन्न राज्यबाट नेपाली खेलाडी मात्र ३२ जनाले अहिलेसम्म नाम दर्ता गराएका छन् । त्यसपछि क्यानडाबाट एक नेपाली सहित १३ खेलाडीको सहभागिताको टुङ्गो लागेको छ । मेक्सिको, कतार, भारत, दक्षिण कोरिया, फिलिपिन्सबाट पनि खेलाडीले भाग लिने छन् ।

च्याम्पियनसिप जुनियर र सिनियर गरी हुनेछ । रोचक पक्ष च्याम्पियनसिपमा कडेट इभेन्ट समावेश गरिएको छ । यो इभेन्टमा पाँच वर्ष मुनि, ६ देखि ७ वर्ष, ८ देखि ९वर्ष, १० देखि ११ वर्ष र १२ देखि १४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गराइने छ ।

यस्तै जुनियर इभेन्टमा १५ देखि १७ वर्ष र १८ देखि ३२ वर्ष उमेर समूहमा प्रतिस्पर्धा हुने छ । इभेन्ट म्यानेजर गोर्खालीका अनुसार सिनियरमा भने महिला तथा पुरुष दुवैतर्फ विश्व तेक्वान्दो महासंघ डब्लुटीएफ र ओलम्पिक फर्म्याटका तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।

मिचिगनको एप्सीलान्टी सिटीमा रहेको इस्टर्न मिचिगन विश्वविद्यालयस्थित जर्ज गेर्विन गेम ओभर सेन्टरमा हुने च्याम्पियनसिपको सिनियर पुरुषमा ५४ केजीमुनी, ५८ केजीमुनी, ६३ केजीमुनी, ६८ केजीमुनी, ७४ केजीमुनी, ८० केजीमुनी, ८७ केजीमुनी र ८७ केजीमाथि तौल समूहमा समावेश छ ।

यस्तै महिला तर्फ ४६ केजीमुनी, ४९ केजीमुनी, ५३ केजीमुनी, ५७ केजीमुनी, ६२ केजीमुनी, ६७ केजीमुनी, ६३ केजीमुनी, ७३ केजीमुनी र ७३ केजीमाथि प्रतिस्पर्धा हुने छ ।

गोर्खालीका अनुसार ह्याभी वेट बाहेक अन्य तौलसमूहमा खेलाडीको दर्ता भइसकेको छ । च्याम्पियनसिप पाँच रिङ्गमा हुने छ ।

च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका छन् । यस्तै रेफ्रि चियरमा अस्ट्रेलियाका रेने लेभोस रहेका छन् । उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियरमा रेमण्ड सु छन् । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।

च्याम्पियनसिपमा २२ जना रेफ्रि रहने छन् । जसमा दस जना अन्तर्राष्ट्रिय छन् । अमेरिका बाहिरबाट आठ देशका रेफ्री छन् ।

स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमीका सञ्चालक तथा मुख्य प्रशिक्षक एवं च्याम्पियनसिपका संयोजक लव गोर्खालीले खेलाडीको सहभागिता उत्साहजनक रहेको बताए । ‘कोभिड–१९ का कारण लामो समय देखि बन्द दूतावासहरू भर्खर खुल्दै छन्, त्यसले गर्दा अहिले अन्तरवार्ताको मिति चाँडो पाउनै गाह्रो भएकाले धेरै छुटे तर पनि जुन रूपमा अहिलेसम्म खेलाडी दर्ता भएको छ यो हामीले सोचे भन्दा राम्रो हो,’ लव गोर्खालीले भने ।

च्याम्पियनसिपमा स्थानीय, जुनियरदेखि यूएस च्याम्पियन खेलेका सम्म खेलाडीले भाग लिने लव गोर्खालीको भनाइ छ । ‘सिनियर इभेन्टमा यूएसए तेक्वान्दोको अनुभव भएका खेलाडी पनि छन्, रेफ्रि पनि वल्र्ड तेक्वान्दो र ओलम्पिक खेलाएका छन्,’ उनले भने ।

गोर्खालीले अब आफूहरू पाहुनाको स्वागतका लागि तयार रहेको बताए । ‘हामी रेडी टु गोमा छौं । सबै अतिथिको प्रतिक्षामा छौं । उहाँहरूको स्वागतका लागि आतुर छौं,’ उनी भन्छन् ।

च्याम्पियनसिपलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघ (युएनटीफ) र गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोग रहने छ ।

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हेडक्वाटर पोर्टल्यान्डको आयोजनामा यो च्याम्पियनसिप सन् २००० देखि सुरु भएको हो । सुरुआती दुई संस्करण नेपालमा भएको च्याम्पिनसिप भारत, हङकङ र बेलायतमा पनि आयोजना भइसकेको छ ।

अमेरिकामा यो च्याम्पियनसिप हुन लागेको चौथो पटक हो । यस अगाडि हेडक्वाटर ओरिगनको पोर्टल्यान्डमा मात्र आयोजना हुँदै आएको च्याम्पियनसिप अमेरिका भित्र अन्य राज्यमा हुन लागेको पहिलो पटक हो ।

च्याम्पियनसिपको १२ औं संस्करण सन् २०१८ मा नेपालमा भएको थियो । १३ औं च्याम्पियनसिप यस अगाडि २०२० मा हुने भनिएकोमा कोभिडका कारण स्थगित भएको थियो ।

आइओएफटीसीका महासचिव क्यारेन ब्लाल्कलेज र बोर्ड डाइरेक्टर मास्टर दिवाकर डान महर्जनले संयुक्त अपिल जारी गर्दै भनेका छन्, ‘१३ औं संस्करणमा हामी विश्वलाई स्वागत गर्न आतुर छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0