धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
तनहुँ, २४ वैशाख
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वनास भन्दा अर्धनास जाति भएकाले कांग्रेसले गठबन्धन गरेको बताएका छन् । नेपाली कांग्रेसले तनहुँको दमौलीमा शनिवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्प्रमाइज गर्दा कहीँकतैँ कांग्रेसका कार्यकर्ताले रुखमा मात्रै नभएर हसिया हथौँडा, कलम र छातामा भोट हाल्नुपर्ने भएको बताए ।
उनले भने, ‘त्यो सम्झौता हो । संविधान पनि सम्झौताको दस्ताबेज हो । राजनीति पनि सम्झौताको दस्तावेज हो । सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ । आँट गर्नुपर्छ । हामीले एउटा नगरपालिकामा हसिया हथौँडामा छाप लगायौँ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन् । कुरा त बुझ्नप¥यो नि हामीले तीन वटा महानगरपालिका लिएर अरुलाई एक एक महानगर दिएका छौँ । यो लेनदेन हो। जम्मै हाहेर सर्वनास हुनुभन्दा अर्धनास जाति हुन्छ नी । त्यसो भएको हुनाले हामीले जति प्राप्त गर्छौँ सही रुपमा प्राप्त गर्छौँ । हामीले स्थानीय तहमा सर्वत्र विजयी हासिल गछौँ । र त्यसका निम्ति यो गठबन्धन हो ।’
संसदीय व्यवस्थालाई निरन्तर प्रहार भएपछि गठबन्धन भएको उनले स्पष्ट पारे । अस्थितरताको कारण देशले निकाश नपाएको उनको भनाइ छ । केपी ओलीलाई नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ लैजाने ग्राण्ड डिजाइन भएको नेता पौडेलले बताए ।
अस्थिरताको अन्त्य गर्दै राजनीतिक स्थिरताको लागि गठबन्धन भएको वरिष्ठ नेता पौडेलको दाबी छ । ‘यो देशमा भ्रष्ट«ाचार कमिसनतन्त्रको खेल धेरै भए । जनतामाथि शोषण, राजनीतिमा भ्रष्ट«ाचार घुस्दैछ । त्यसबाट पनि देशलाई मुक्त गर्नु परेको छ,’ उनले भने । उनले गठबन्धनलाई प्रगतीशिल शक्तिहरूको एकताको संज्ञा दिए । गठबन्धनले केपी ओलीको एकक्षत्र राजको अन्त्य पौडेलको जिकिर छ । गठबन्धनलाई अन्डरस्टेमेट गर्नेको सामाना गर्न आफू तयार रहेको नेता पौडेलले बताए ।
आफू पार्टी सभापति शेरबहादुर देउवाको लाइनमा नगएको जिकिर पनि गरे । बरु आफ्नो लाइनमा देउवा आएको उनले दाबी गरे ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |