वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, २४ वैशाख
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् । विभिन्न ६ तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने २४ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगिताको महिला ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का पहिलो, लुम्बिनी प्रदेशकी निलिमा मल्ल दोश्रो तथा एपीएफकी गीता विष्ट र नेपाल प्रहरीकी आयशा लामा तेश्रो भए ।
६७ केजीमुनि नेपाल आर्मीकी रेष्मा थापा पहिलो, एपीएफकी संगिता बस्याल दोश्रो तथा बाग्मती प्रदेशकी शारुन गुरुङ र प्रहरीकी इन्दिरा बसनेत तेश्रो बने । ४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो, बाग्मतीकी सदीक्षा कार्की दोश्रो तथा बाग्मतीकी रोशनी श्रेष्ठ र प्रहरीकी अन्जली तामाङले तेश्रो स्थान हात पारे ।
५७ केजीमुनि आर्मीकी सन्ध्याकुमारी सिंह प्रथम, प्रहरीकी सुष्मा श्रेष्ठ द्वितीय तथा प्रहरीकी सुस्मिता मोक्तान र बाग्मतीकी सामना खड्गीले तेश्रो स्थान हासिल गरे ।
पुरुष ५८ केजीमुनि सुदूरपश्चिम प्रदेशका सुमित विष्ट पहिलो, प्रहरीका सुवासचन्द्र बोहरा दोश्रो तथा आर्मीका राहुल कुमाल र विशाल राई तेश्रो भए । ८० केजीमुनि आर्मीका सागर गुभाजु पहिलो, आर्मीका सुवास केसी दोश्रो तथा आर्मीका किरण आले र प्रहरीका कवि अधिकारी तेश्रो भए।
छनोटको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अवलोकन गरेका थिए । प्रतियोगितामा एकल पुम्सेसहित ११ स्पर्धा समावेश छन् । बाँकी ५ स्पर्धा छनोट प्रतियोगिताको अन्तिम दिन शनिबार हुने छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |