धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाडौं, २३ वैशाख।
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि प्रदेश १ बाट मताधिकार प्राप्त गर्ने ११ जिल्लामध्ये १० जिल्ला फुटबल संघको टुङ्गो लागेको छ । शुक्रबार बसेको प्रदेश १ फुटबल संघको भेलाबाट केन्द्रीय निर्वाचनका लागि मताधिकार पाउने १० जिल्लाको टुङ्गो लागेको हो।
भेलाले संयुक्त प्रेस नोट निकाल्दै प्रदेश १ बाट उम्मेदवारी दिने उम्मेदवारको पक्षमा सर्वसम्मत रुपले एकजुट भई सामूहिक रुपमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रेस नोटमा नाम नखुलाइए पनि एन्फा आगामी ६ असारको चुनावका लागि पूर्वबाट हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ अध्यक्ष पदमा लड्ने तयारीमा छन् । हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा उनका प्रतिद्वन्द्वी हुनेछन् ।
यसका लागि धरान टेक्निकल सेन्टरमा भएको चुनावबाट ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, खोटाङ, धनकुटा, मोरङ, उदयपुर, सुनसरी र झापाले मताधिकार प्राप्त गर्दा संखुवासभा भने मताधिकारबाट बाहिरियो ।
निर्वाचनका लागि ४८ मध्ये ४५ जिल्ला फुटबल संघ मताधिकार प्राप्त छन् । ए डिभिजन लिगबाट १४, बी बाट ११ र सी बाट ९ क्लबले मताधिकार पाउनेछन् ।
यस्तै राष्ट्रिय लिगमा छनोट भएका चार क्लब सहित एन्फाको महिला, खेलाडी, रेफ्री र प्रशिक्षक संघले मताधिकार पाउनेछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |