Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

वडा अध्यक्षका उम्मेद्वार मेघराजका यस्ता छन् प्रतिबद्धता

नीलकण्ठ एफ.एम १८०७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २१, बुधबार (४ साल अघि)
वडा अध्यक्षका उम्मेद्वार मेघराजका यस्ता छन् प्रतिबद्धता

धादिङ २१ ,बैशाख ।

नीलकण्ठ नगरपालिका वडा न ७ मा माओवादी केन्द्र बाट वडा अध्यक्ष पदमा मेघराज पोखरेल उठेको छन् ।
२०७६ साल मंसिर ३ गते नेपाली काग्रेस परित्याग नेकपामा प्रवेश गरेका उनि नेकपा बिभाजन पछि उनले माओवादी केन्द्रको सदस्यता लिई माओवादी केन्द्रमा सक्रिय राजनिति गरेको छन् । हाल माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा न ७ का अध्यक्ष समेत रहेका पोखरेल बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बनि कुशल नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् । माओवादी केन्द्रमा प्रवेश गरिसकेपछि जनताको लोकप्रिय पात्र बन्न पुगेका पोखरेललले हाल भोटका निमित्त घर दैलो कार्यक्रम संचालन गरिरहेका छन् ।

यस्ता छन् प्रतिवद्धता पत्र   

आदरणीय दिदी बहिनी, दाजु भाइहरु तथा आमाबुबाहरु,
नेपालमा भएको ठूलो राजनैतिक परिवर्तन पश्चात स्थानीय संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थानीय तहको निर्वाचनमा आएका छौं । यस क्षणमा हामी महान १० वर्षे जनयुद्ध, ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान गर्नुहुने महान शहिदहरु, बेपत्ता योद्धाहरु, घाइते अपाङग सबैमा हृदय देखि नै सम्मान र स्मरण गर्दछौं ।

२४० वर्षको निरंकुश एकतन्त्रीय राजतन्त्रको अन्त्य र लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापना गर्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उठाएको महान कदममा तपाई नेपाली दिदी बहिनीहरु, दाजुभाईहरुको जुन अतुलनीय सहयोग, सद्भाव र माया पायौं यो इतिहासमा अविष्मरणीय रहिरहने छ । यदी तपाई दाजुभाई दिदीबहिनीहरुको सहयोग र माया नपाएको भए यो महान र युगान्तकारी परिवर्तन सम्भव थिएन । ६७ वर्षदेखि हाम्रो देशको प्रमुख राजनैतिक मुद्दा बनेको नेपाली जनताले आफ्नो भाग्य र भविष्यको फैसला आफैंले गर्ने, आफ्नो लागि आफैंले संविधान बनाउने संविधान सभाद्धारा संविधान निर्माण गर्ने ठूलो कार्यभार र अभिलासा पुरा भएको छ ।

जुन जनताद्धारा वा जनता प्रतिनिधिद्धारा निर्मित संविधान हाम्रो देशमा लागु भएकोे छ । नेपाली जनताले सधैं लड्नुपरेको वा बलिदानी गर्नुपर्ने मुख्य मुद्दा भनेको राष्ट्रिय जनतन्त्र र जनजिविका थियो । अब जनताको लागि कहिल्यै लड्न नपर्ने भएको छ । हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र)ले उठाएको महान जनयुद्धको कदमलाई नेपाली जनताले दिएको अभूतपूर्व माया र सहयोगबाट जनतन्त्रको लडाइमा हामी विजय भएका छौं । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी प्रतिनिधित्व र धर्म निरपेक्षता कार्यान्वयन गर्दै अब हाम्रो सामु जनजीविका , आर्थिक समृद्धिको लडाई लड्न बाँकी नै छ ।

राजनीतिक लडाईको एउटा कोर्ष पुरा गरेर हामी आर्थिक समृद्धि, विकास र स्थानीय प्रतिनिधि सहितको सहभागीतामा संविधान कार्यान्वयनको चरणमा जाने क्रममा छौं । फेरी पनि हाम्रो मुलुक आगामी बैशाख ३० मताधिकारद्धारा प्रतिनिधी छान्न गइरहेका छौं । यस महान र खुशीको अवसरमा हाम्रो पार्टी ने.क.पा. माओवादी केन्द्र आफूले उठाएको राजनैतिक एजेण्डालाई पुरा गर्न निर्वाचनमा मत माग्न आफ्नो प्रतिवद्धता सहित पुनः तपाई दिदी बहिनी, दाजुभाई तथा आमाबुबाहरु सामु आएका छौं ।

हाम्रा  प्रतिबद्धताहरु :
पशुपालन, दुग्ध उत्पादन र तरकारी ।
हाम्रो आर्थिक सम्वृद्धिको माध्यम सहकारी ।।
१. कृषि : वडाको विकासको मेरुदण्ड कृषि हुनेछ । युवालाई कृषिमा आकर्षण गरी रोजगार बनाइनेछ ।
क. हरेक परिवारमा एउटा गोठ वा तीनवटा टनेल निर्माण गरिनेछ ।
ख. किसानको उत्पादनको उत्पादनस्थलबाट सहकारी मार्फत खरीद गर्ने व्यवस्था मिलाइनेछ ।
ग. सिंचाइका लागि श्रोत उपलब्ध भएका स्थानमा नहर कुलोबाट र श्रोत उपलब्ध नभएका स्थानमा लिफ्टिङ प्रबिधिबाट सिंचाइको प्रबन्ध गराइनेछ ।
घ. कुखुरापालनलाई व्यवसायिकरण गरिनेछ ।
ङ. कृषि अन्वेषण र माटो परीक्षण गरी उपयुक्त प्रकारका तरकारी तथा जडीबुटी खेती गरिनेछ ।
च. पशुपंक्षीलाई आवश्यक पर्ने नियमित भ्याक्सिन स्थानिय रुपमा उपलब्ध गराउने ।
छ. बाँझो जग्गालाई निरुत्साहित गरिनेछ ।
ज. सहुलियत दरको कृषि ऋण व्यवस्था गरिनेछ ।
२. अर्थ : सरकारी, निजी र सहकारी मार्फत आर्थिक विकासका आधार हुनेछ ।
क. सहकारी मार्फत उत्पादन व्यवस्थित गरी Digital Transaction मा कारोबार गरिनेछ ।
ख. प्रत्येक ५०० जनसंख्याको बीचमा एउटा सहकारी सेवा केन्द्र र एउटा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।
ग. आम्दानीको आधारमा बचतलाई प्राथमिकता दिइ जीवनस्तरमा सुधार ल्याउने र सम्बृद्धि हासिल गरिनेछ ।
३. पर्यटन : आम्दानीको अर्को आधार पर्यटन हुनेछ ।
क. वडाको सीमानामा ३ मिटरको सिंढीबाटो निर्माण गरी सिंढीबाटोको वरपर पर्नेगरी पाँचवटा पर्यटकीय सुबिधा सहितको होम स्टे निर्माण गरिनेछ ।
ख. कृषि पर्यटनको नमूना वडाको रुपमा यो वडालाई विकास गरिनेछ ।
ग. शहीद पार्क निर्माण गरिनेछ ।
घ. बेलौते जंघारबाट हिन्दुहरुको पवित्र धार्मिक स्थल भैरबी मन्दिरसम्म ९९९९ सिंढी भएको पैदल बाटो निर्माण गरिनेछ र यस मार्गलाई पर्यटन पदमार्गको रुपमा विकास गरिनेछ ।
ङ. सिक्किमको वनझाँक्री फल्स जस्तै पर्यटकीय क्षेत्र बहरखोलामा निर्माण गरिनेछ ।
च. सातमुले पिकनिक तथा पर्यटकीय स्थल, तारुखर्कमा भ्यू टावर र युवा पार्क निर्माण गरिनेछ ।
छ. पुरानो मुख्य मुलबाटोहरुमा सिढी निर्माण गरिने छ ।
ज चौतारा बिश्राम स्थलमा प्रतिक्षलय निर्माण गरिने छ ।                                                                                                                                    ४. शिक्षा :
क. प्राविधिक शिक्षा हाम्रो लक्ष राख्दै स्थापित विद्यालयहरुलाई व्यवस्थित गरिनेछ ।
ख. एकजना स्वास्थ्य सहायकको नेतृत्वमा विद्यालय स्वास्थ्य हेर्ने टिम बनाइ हरेक विद्यालयमा महिनामा कम्तिमा एक पटक पर्ने गरी स्वास्थ्य जाँच गर्ने व्यवस्था  मिलाइनेछ ।
ग. कर्णेश्वर मा.वि.मा सञ्चालित I.Sc.Ag. कक्षालाई थप व्यवस्थित गरी I.Sc.AH. का कक्षाहरु समेत सञ्चालन गरिनेछ ।
घ. नीजि क्षेत्रको सहभागितामा B. Sc.Ag. को कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
ङ. प्राविधिक शिक्षाको अन्य तालिम सञ्चालन गरिनेछ ।
च. कक्षा ४ देखि नै कम्प्युटर शिक्षाको व्यवस्था गरिनेछ । एउटा विद्यालयमा कम्तिमा १० वटा कम्प्युटर भएको ल्याव तयार गरी सञ्चालन गरिनेछ ।
छ. सूचना प्रविधि मैत्री, युवा तथा बाल मैत्री पुस्तकालय बनाइनेछ ।
ज. सुनौलो भैरबी मा.वि.मा विज्ञान तथा सूचना प्रविधिको अध्ययन केन्द्र स्थापना गरिनेछ                                                                                     ५. खानेपानी :
क. हरेक घरमा मिटर सहितको खानेपानीको व्यवस्था गरिनेछ ।
ख. पुरानो कुवाहरुको संरक्षण तथा ब्यवस्थापन गरिने छ ।                                                                                                                                ६. सडक :
क. मुख्य सडकहरु कालोपत्रे गरिनेछ । ख. सहायक सडकहरु ग्रावेल गरिनेछ ।
ग. ग्रामिण सडकहरु व्यवस्थित गरिनेछ । कम्तिमा एम्बुलेन्स र दमकल गुड्न सक्ने सडक हरेक वस्ती नजिक पु¥याइनेछ ।
७. सूचना र सञ्चार :
क. हरेक बाक्लो बस्तीमा ल्याण्डलाइन टेलिफोनको व्यवस्था गरिनेछ ।
ख. हरेक घरमा Access पुग्ने गरी Wi Fi Tower  निर्माण गरिनेछ ।
ग. मोबाइल सेवालाई गुणस्तरयुक्त बनाइनेछ ।
८. खेल मैदान :
क. तारुखर्क–पीपलछापमा एउटा, गोर्खालीगाउँ–हिटी–निवुवास्वाँरामा एउटा, डम्बरडाँडा–सुकौराबेसीमा एउटा, र तल्लोबेसीमा एउटा व्यवस्थित खेल मैदान निर्माण गरिनेछ ।
ख. उज्यालोटोलमा निर्माण शुरु गरिएको खेल मैदानलाई स्तरोन्नती गर्ने ।
ग. बिभिन्न टोलमा ब्यायम पार्क निर्माण गरिने छ ।
९. स्वास्थ्य :
क. वडामा ५ शैयाको अस्पताल सञ्चालन गरिनेछ ।
ख. ब्यवस्थित तवरले एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ ।
ग. मोवाईल डाक्टर र मोवाईल भेटेरिनरी सेवा उपलब्ध गराईने छ ।                                                                                                                  १०. वन पैदावार :
क. वन पैदावारको प्रयोगलाई पुरै व्यवस्थित गरिनेछ ।
ख. खाली भएका सरकारी जग्गामा व्यवसायिक प्रकृतिका विरुवा लगाइनेछ ।
ग. गोबर ग्याँस निर्माणमा अनुदानको व्यवस्था गरी वन पैदावारको प्रयोग र आयातित एलपी ग्याँस दुवैलाई निरुत्साहित गरिनेछ ।
घ. सामुहिक जडीबुटी खेति विस्तार गरिनेछ ।
११. फोहोर व्यवस्थापन :
क. क. प्लाष्टिकजन्य र सीसाजन्य फोहोर वडाले महिनामा १ पटक उठाउने व्यवस्था मिलाइनेछ ।                                                                    १२. उद्योग :

वडामा निम्नानुसारका उद्योग तथा सेवाकेन्द्रहरु स्थापना गरिनेछ ।
क. केचअप उद्योग १ वटा                                                                                                                                                                                 ख. बधशाला १ वटा
ग. आलु कोल्ड स्टोरेज १ वटा                                                                                                                                                                          घ. पशु ट्रेबीज २० वटा
ङ. तरकारी संकलन केन्द्र ९ वटा                                                                                                                                                                     च. दुग्ध प्रशोधन केन्द्र १ वटा
छ. दुग्ध संकलन केन्द्र ९ वटा                                                                                                                                                                           ज. पशु स्वास्थ्य केन्द्र १ वटा
१३. सामाजिक सुरक्षा :
क. केन्द्र सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गराइनेछ ।
ख. महिलाहरुको क्षमता बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. धार्मिक तथा मनोरञ्जन :
क. बाल उद्यान, बृद्ध आश्रम र धार्मिक स्थल निर्माण गरिनेछ ।
ख. प्रत्येक वर्ष बृद्ध बा आमाहरुलाई धार्मिक तिर्थ यात्रा गराइनेछ ।
घ, बिभिन्न धर्म आस्थामा निर्माण भएको धार्मिक स्थल,मठमन्दिर,मण्डलीको स्तर उन्नती तथा नयाँ निर्माण गरिने छ ।
१५. बिद्युतिकरण :
क. वडा भित्रका घना बस्ति नजिकका बिद्युतिय तार ब्यवस्थित गर्ने ।
ख. आवश्यक पोलहरुको ब्यवस्था ।
१६. रोजगारी : वडा भित्रका नागरिकको मानविय श्रोत,सिप,योग्यता सँकलन गरि तथ्याङ्क निकाल्ने र उपयुक्त रोजगारीको लागी पहल गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग

    बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग

  • भारी वर्षाको जोखिम : नीलकण्ठवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

    भारी वर्षाको जोखिम : नीलकण्ठवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

  • बाढीमा ज्यान गुमाएका सुवेदी र मगर परिवारलाई नीलकण्ठको सहयोग

    बाढीमा ज्यान गुमाएका सुवेदी र मगर परिवारलाई नीलकण्ठको सहयोग

  • पूर्वप्रधानमन्त्री नेपालद्वारा धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन

    पूर्वप्रधानमन्त्री नेपालद्वारा धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन

  • समाचार
    बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग

    बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग

    भारी वर्षाको जोखिम : नीलकण्ठवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

    भारी वर्षाको जोखिम : नीलकण्ठवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

    बाढीमा ज्यान गुमाएका सुवेदी र मगर परिवारलाई नीलकण्ठको सहयोग

    बाढीमा ज्यान गुमाएका सुवेदी र मगर परिवारलाई नीलकण्ठको सहयोग

    पूर्वप्रधानमन्त्री नेपालद्वारा धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन

    पूर्वप्रधानमन्त्री नेपालद्वारा धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0