वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, २१ वैशाख
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छनोट समितिका संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।
ग्योरोगीमा पुरुषतर्फ ५ र महिलामा ४ गरी ९ स्पर्धामा खेल हुने छ । पुरुष÷महिला एकल पुम्से विधा पनि समावेश छ ।
ग्योरोगीको पुरुषमा ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ८० केजीमुनि र ८० केजीमाथि तथा महिलामा ४९ केजीमुनि, ५३ केजीमुनि, ५७ केजीमुनि र ६७ केजीमुनि तौलसमूहमा भिडन्त हुने छ ।
सहभागी हुन १८ वर्ष पूरा भएको हुनु पर्ने छ । छनोटमा भाग लिन हालसम्म आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी, कुनैपनि आमन्त्रण अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक प्राप्त खेलाडी, राष्ट्रिय खेलकुद परिषद्/संघले आयोजना गरेको वा संघले मान्यता दिएको राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण विजेता खेलाडी तथा विभागीय टिमको हकमा विभागले आयोजना गरेको विभागीय राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त खेलाडी हुनु पर्ने छ ।
प्रत्येक स्पर्धामा चार खेलाडी पहिलो चरणलाई छनोट हुने छन् । दुईदिने छनोट प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा हुने छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |