वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,१६ बैशाख ।
नेकपा एमालेले स्थानीय निर्वाचनमा मतदाताहरुको घरघरमा पुगेर मत माग्ने क्रममा धादिङको गजुरी र धुनिबेसीमा स्थानीय कार्यकर्ताहरुले मतदाता भेटघाट गरिरहेका छन् ।
गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङ्ली, पिडागाउँमा मतदाता भेटघाट सुरु गरेका छन् । वडा अध्यक्षका उम्मेदवार रामचन्द्र मिजारको सहभागितामा मतदाता भेटघाट गर्नुभएको हो ।
यसैगरि गजुरी गाउँपालिका वडा नम्बर १ भदौरे, आदमारा, कोटगाउँ, सुन्दरगाउँ, केउरेनीमा मतदाता भेटघाट गरिरहेको छ । वडा अध्यक्ष उम्मेदवार राजकुमार पंडितको उपस्थीतीमा घरदैलो अभियान संचालन भइरहेको गजुरीबाट भुवन भण्डारीले जानकारी दिनुभयो ।
यसैगरि धुनीबेसी नगरपालिका स्थित खानीखोलामा आज घरदैलो अभियान संचालन गरिएको छ ।
घरदैलोमा खानीगाउँ, लामाथोक, भण्डारथोक, गैराघर, कमर गाउँमा घरदैलो संचालन गरिएको खानीखोलाबाट बासु श्रेष्ठले जानकारी दिनुभयो।गाउँगाउँ पुगेका एमाले उम्मेदवारहरुलाई नगरपालिका बासीले समृद्ध नगरपालिका बनाउन र विकासमा लाग्न आग्रह गरेका छन् ।
नगरपालिका प्रमुख उम्मेदवार रामराजा पाण्डे र उपप्रमुख उम्मेदवार मन्दिरा श्रेष्ठ समेतको सहभागितामा घरदैलो संचालन भइरहेको छ । घरदैलोमा सहभागिहरुले पार्टीको झण्डा बोकेर गाउँगाउँ पुगेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |