निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,१६ बैशाख ।
एमाले खनियाबासका अध्यक्ष पदका उम्मेदवार २५ वर्षीय इमान तामाङ जिल्लाकै गाउँपालिका अध्यक्षको उम्मेदवारमध्ये सबैभन्दा कान्छो हुनुहुन्छ । नेकपा एमालेले २५ बर्षीया इमान तामाङलाई खनियाबास गाऊँपालिकाको प्रमुखको उम्मेदवारको रुपमा चयन गरेपछि चर्चा चलेको छ । युवासंघका निवर्तमान केन्द्रीय सदस्य, नेकपा एमाले जिल्ला कमिटि सदस्य तामाङ चर्चा संगै गाउँमा युवाहरुले टिकट पाएर उम्मेदवार भएपछि युवा समुदाय खुसी देखिएका छन् ।
नेकपा एमालेको टिकट पाएपछि गाउँको समस्या बुझ्दै समुदायाको आवस्यकता विकासको सम्भावना बारे छलफल गर्न थाल्नु भएको छ ।
झर्लाङमा भएको दमन र षेशणको विरुद्ध लाग्नु पर्छ भन्ने भावनाले ओतप्रोत भएका तामाङ विद्यार्थी कालदेखि राजनितिमा सहभागिता जनाउनुभएको थियो ।
युवा संघको झार्लाङ अध्यक्ष, क्षेत्रीय सदस्य हुँदै केन्द्रसम्म पुग्नुभएका तामाङ ब्याचलर सम्मको शिक्षा हासिल गर्नुभएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार भएपछि गाउँपालिकालाई व्यवस्थित र शुशासनयुक्त बनाउने योजना अघि सार्नुभएको छ ।
हरेक वस्तीमा सडक, रिङरोड बनाएर पिच सुरु गर्ने, कृषि पशु पकेट क्षेत्र बनाउने, कृषि प्राविधिक कलेज संचालन गर्ने, क्यूङ गाउँलाई नमूना वस्ती बनाएर पर्यटकीय क्षेत्र बनाउने, तेङकरचेतलाई चियखेतीमा लगाउने, तामाङ, मगर संग्राहलय बनाउने, सिङ्ला पर्यटन प्रवद्र्धन गर्ने, जेष्ठ नागरिक पार्क बनाउने, युवा खेल महोत्सब गर्ने, खेलकुद तालिम केन्द्र बनाउने जस्ता कार्यक्रम गर्ने इमान तामाङले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार खुपी कुमारी तामाङ राजनितिक चेतनाबाट उपाध्यक्ष उम्मेदवार हुनुभएकोहो । ३८ वर्षीया खुपी कुमारी तामाङ २०७४ को निर्वाचनमा वडा सदस्यको उम्मेदवार हुनुभएको थियो । एउटा सामान्य कृषक परिवारकी तामाङ अनेमसंघ जिल्ला कमिटि सदस्य, लोकतान्त्रिक आदीबासी जनजाती महासंघ केन्द्रीय सदस्य हुनुहुन्छ। कक्षा १२ सम्मको अध्यायन गर्नुभएकी तामाङले पालिकाभित्रको न्यायिक प्रकृयालाई सरल र सबैको पहुँचमा पुर्याउने बताउनुभएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |