Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ७, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’

एक करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

६०३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १५, बिहिबार (३ साल अघि)
एक करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

काठमाडौं, १५ वैशाख । 

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ वैशाखसम्ममा ७२ जिल्लाका लागि एक  करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएका हुन् ।

उनका अनुसार  हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

यसबारे आयोगले जारी गरेको विज्ञप्ति

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले वैशाख १२ गते सोमबार पछि गरेको मुख्य गतिविधि निम्न प्रकारका छन् :

१.  स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ  । 

२. मिति २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०७९ वैशाख २८ गतेदेखि मिति २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने । 

३.  मिति २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मिति २०७९ वैशाख २८ गतेदेखि २०७९ वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने ।

४.  स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक विदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने ।

५.  मिति २०७८ चैत ३० गतेदेखि निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा निर्वाचन आयोगको भाइबर ग्रुप औपचारिक रूपमा शुरू गरेको छ । निर्वाचन आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालाहरूलाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउने छ । यो प्लेटर्फमको प्रयोग गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।    

६.  मिति २०७९ वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।  

७.  निर्वाचन आयोगको प्रणालीमा दिउँसो ३ ः ३० बजेसम्म प्रविष्ट भएको तथ्यांक अनुसार १ लाख       ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५१०,     अध्यक्षमा ३ हजार ३८७, उपप्रमुखमा २, हजार १६८, उपाध्यक्षमा २ हजार ४०१, वडाअध्यक्ष     ३५ हजार ३५३, महिला सदस्य २६ हजार ५३२, दलित महिला सदस्य २३ हजार ९३१ र     सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।     

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

  • चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

  • समाचार
    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0