धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
काठमाडौँ,१२ बैशाख ।
यही वैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि निर्वाचन आयोगले भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।
आज सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो ।
अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको शर्माले बताउनुभयो ।
चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।
आचारसंहिता विपरीत हुने गरी कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, आयोगले तोकेको साइजमा मात्रै अनुमति प्राप्त गाडीमा झण्डा राख्न, जुलुस, आमसभा, ¥याली नगर्न आयोगले चेतावनी दिएको छ।
यस्तै चुनावमा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरीत हुने गरी सम्बन्धित दलको चुनाव चिह्न, झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्सा, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने आयोगले चेतावनी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |