धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौं, १२ वैशाख ।
तीस वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेको थिए । अस्मिताको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई पक्राउ गरेको हो ।
यस्तै, मकवानपुरमा २८ वर्षीया दिया शर्माको हत्या गरेको आरकोपमा प्रहरीले उनकै श्रीमान्लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनी रहेका छन् । उनलाई आइतबर राति प्रहरीले पक्राउ गरेको हो ।
पवनले घरायसी विवाद हुँदा श्रीमतीको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |