Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

गठबन्धनले कांग्रेसमा कलहः धादिङ सहित देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

नीलकण्ठ एफ.एम ३८२६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (४ साल अघि)
गठबन्धनले कांग्रेसमा कलहः धादिङ सहित देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

काठमाडौं, १० बैशाख।
स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् ।

३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागवन्डामा पारिदिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो ।

विशषतः नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले माग नगरेका क्षेत्रमा पनि भागबण्डा गरेर कांग्रेसको संगठन कमजोर बनाएको भन्दै स्थानीय तहमा राजीनामा र तालाबन्दीको लहर चलेको छ ।

धादिङ
नेपाली कांग्रेस रुवी भ्याली गाउँपालिकाका कांग्रेस कार्यकर्ताद्वारा धादिङबेसीमा रहेको कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । गठबन्धनको नाममा कार्यकर्ताको मनोवल गिर्नेगरी भागबण्डा गरेकोमा असन्तुष्टि जाहेर गर्दै गठबन्धनमा भएको सहमतीमा पुर्नविचार गर्न दवाव दिने उद्धेश्यले पार्टी कार्यालयमा तालाबन्दी गरिएको जनाएका छन् ।

चितवन
भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा दिने निर्णय अघि र पछि चितवन कांग्रेसले विरोध र आपत्ति जनाउँदै आएको थियो । तर, केन्द्रिय गठबन्धनले स्थानीय तहको आग्रहविपरित भरतपुर माओवादीलाई दिएपछि चितवन कांग्रेसमा बिग्रह भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निर्णयप्रति आपत्ति जनाउँदै चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रवार तालाबन्दी गरिएको छ ।

केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेललगायतका नेताहरूको उपस्थितिमा सो तालाबन्दी गर्दै केन्द्रिय निर्णय सच्चाउन माग गरेका छन । २ सय ५० भन्दा बढी कार्यकर्ताले सामुहिक राजिनामा दिँदै स्वतन्त्र अभियानको घोषणा गरिसकेका छन ।

जनकपुर
जनता समाजवादी पार्टीलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको भागवण्डा पारेको भन्दै नगर सभापति मनोजकुमार साहसहित २ सय ५० जना भन्दा बढीले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।

शुक्रवार जनकपुरधारमा पत्रकार सम्मेलन गर्दै नगरसभापति साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणालाई नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, जनकपुरधाम–१५ का वडा सभापति नन्दलाल साहसहितले साथ दिएका छन ।

कैलाली
कांग्रेसको नेतृत्व छाडेर अन्यलाई टिकट दिएको भन्दै कैलालीस्थित धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशिल सदस्यले सामूहिक राजीनामाको घोषणा गरिसकेका छन् । नगर सभापति यज्ञराज उपाध्यायसमक्ष बुझाएको राजीनामा पत्रमा पार्टीको साधारणसमेत नरहने गरी कांग्रेस परित्याग गरी स्वतन्त्र रहन चाहेको उल्लेख छ ।

वीरगंज
वीरगंज महानगरपालिकासहित पर्साका १६ वटै स्थानीय तहमा कांग्रेस एक्लै लडने निर्णयसहित नगर समितिले पत्रकार सम्मेलनमार्फत घोषणा नै गरिसकेका छन् ।

मधेस प्रदेशको १ मात्र महानगर वीरगंज जसपा नेपाललाई दिने संकेत पाउने बितिक्किै अघिल्लो बुधवार पत्रकारसम्मेलन नै गरेर कांग्रेसले पर्सामा एक्लै चुनाव लड्ने निर्णय गरिसकेको थियो । १ वैशाखमा जिल्ला समितिको बैठकले पर्सामा कांग्रेस एक्लै चुनाव लडने निर्णय गरेको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी गराईसकेका छन् । पर्सामा १ महानगरपालिका, ४ नगरपालिका र १० गाउँपालिका छन् ।

सो निर्णयलगत्तै ३ वैशाखमा बसेको कांग्रेस र जसपा नेपालको संयुक्त बैठकले अलग अलग रुपमा मित्रवत प्रतिस्पर्धाका आधारमा निर्वाचन लडने निर्णय गरेका थिए । सो निर्णयमा कांग्रेसका जिल्ला सभापति क्षेत्री र जसपा नेपालका रामनरेश प्रसाद यादवले हस्ताक्षरसमेत गरिसकेका छन ।

हेटौडा
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले माग नगर्दा पनि सो पार्टीलाई हेटौडा भागवन्डामा पारेको भन्दै मकवानपुर कांग्रेस आक्रोशित हुन पुगेको छ ।

हेटौडालगायत अन्य स्थानीय तहको भागवण्डाका लागि गत बिहीबार बसेको पाँच दलीय गठबन्धनको बैठक निष्कर्षबिहीन भएपछि पुनः शुक्रवार बोलाईएको थियो । तर, शुक्रवार हेटौंडामा बैठक बस्न सकेन ।

नेकपा एसलाई हेटौडा दिने देखिएपछि गत ६ वैशाखमा तालावन्दीसमेत गरिएको थियो । कांगे्रेस नगर समितिमा बैठक बसिरहँदा केन्द्रिय निर्णयप्रति आपत्ति जनाउँदै गरिएको तालाबन्दी दुई घन्टापछि खोलिएको थियो भने कांग्रेस नगर समितिले पनि आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गर्ने अवस्था सिर्जना भएको थियो ।

गत निर्वाचनमा थोरै मतले पराजित भएको उल्लेख गर्दै हेटौडाको मेयर कांग्रेसले पाउनु पर्ने भन्दै सभापति आनन्दराज पराजुलीले स्वतन्त्र उम्मेदवारीको चेतावनी दिएका छन् ।

पोखरा
भागवन्डामा नेकपा एसलाई पोखरा महानगरपालिका परेपछि बुधवार गरिएको तालाबन्दीे बिहीबार बिहान खुला गरिएको थियो ।
पूर्वमन्त्री यज्ञवहादुर थापालगायतका नेता काठमाडौं आएर सभापति देउवालाई पोखरा नछाडन आग्रह गर्दागर्दै पनि नेकपा एसलाई दिईएको भन्दै आक्रोशित कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

यद्यपि जिल्ला सचिव गणेशबहादुर थापाले पोखराको मेयरका लागि किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, कृष्णबहादुर केसी, सरस्वती गुरुङ, निर्मलप्रसाद कर्माचार्य, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, परमेश्वर पोखरेल र ऋषि सापकोटाको नाम प्रदेश कमिटीमा पठाएका छन ।

रौतहट
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पाँच दलीय गठबन्धन बन्नका लागि दिइएको दबाब नगर, क्षेत्र र जिल्लाले अस्विकार गर्दै सबै स्थानीय तहमा एकल रुपमा नाम सिफारिस गरेको छ ।

तीन पटक बसेको गठबन्धन बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कांग्रेसले एकल रुपमा नगरपालिका र गाउँपालिकाका मेयर उपमेयरको नाम सिफारिस गरेर प्रदेश कमिटीलाई पठाएको छ । तर, गठबन्धन र आन्तरिक द्धन्द्धका कारण राजपुर फरहदवा र बिजयपुर फतुवाका मेयरले कांग्रेस परित्याग गरी क्रमशः नेकपा एमालेमा आवद्धता र स्वतन्त्र भएको घोषणा गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बाढीमा ज्यान गुमाएका सुवेदी र मगर परिवारलाई नीलकण्ठको सहयोग

    बाढीमा ज्यान गुमाएका सुवेदी र मगर परिवारलाई नीलकण्ठको सहयोग

  • पूर्वप्रधानमन्त्री नेपालद्वारा धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन

    पूर्वप्रधानमन्त्री नेपालद्वारा धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन

  • कृष्णभीरमा पहिरोको जोखिम घटाउन त्रिपाल

    कृष्णभीरमा पहिरोको जोखिम घटाउन त्रिपाल

  • १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

  • समाचार
    बाढीमा ज्यान गुमाएका सुवेदी र मगर परिवारलाई नीलकण्ठको सहयोग

    बाढीमा ज्यान गुमाएका सुवेदी र मगर परिवारलाई नीलकण्ठको सहयोग

    पूर्वप्रधानमन्त्री नेपालद्वारा धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन

    पूर्वप्रधानमन्त्री नेपालद्वारा धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन

    कृष्णभीरमा पहिरोको जोखिम घटाउन त्रिपाल

    कृष्णभीरमा पहिरोको जोखिम घटाउन त्रिपाल

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0