धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ, ०९ बैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रहरु सार्वजनिक हुने क्रम बढ्ेको छ । धादिङका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी घोषणा गरेको एमालेले प्रतिवद्धतापत्रहरु सार्वजनिक गर्न थालेका छन् ।
नेकपा एमालेले सार्वजनिक गरेको जिल्लाको प्रतिवद्धतापत्रहरुमा एमालेको स्थानीय सरकार भएका गर्ने विकासका खाकाहरु सार्वजनिक भएको छ ।
गाउँपालिकामा रिङरोड, मुख्य सडक पिच गर्ने, वडाको सडक ग्राभेल गर्ने, एक वडा एक कृषि पशु प्राविधिक, निशुल्क वुहारी उच्च शिक्षा, घरमा सुत्केरी हुने दरलाई शुन्यमा पु¥याउने, हरेक पालिकाले प्राबिधिक शिक्षा अध्यायन गर्नेहरुलाई निश्चित मापदण्ड तोकेर निशुल्क पढाइ दिने र अध्ययनपछि पालिकामा सेवा गर्ने अबसर प्रदान गर्ने, एक वडा एक एम्बुलेन्स व्यवस्था गर्ने, बालविवाह नगर्नेहरुका लागि पालिकाले बैँक खाता खोलेर अनुदान दिने लगायतका लोकप्रिय कार्यक्रम संचालन गर्ने प्रतिवद्धतापत्रहरुमा उल्लेख छ ।
कृषि एम्बुलेन्स संचालन, जेष्ठ नागरिकहरुलाई एकिकृत सेवा आश्रम संचालन गर्ने, टोलटोलमा कृषि विकास समिति गठन गरि कृषिका कार्यक्रम त्यस मार्फत गर्ने, सितभण्डार निर्माण गर्ने, स्थानीय बनमा आधारित कृषि खेती गर्ने व्यवस्था गर्ने, एक घर एक धारा, एक घर एक रोजगारका लागि कृषि र उद्योगहरु संचालनको व्यवस्थापन गर्ने, सार्वजनिक विद्यालयमा अंग्रेजी माध्यामबाट पढाइ गर्ने, एक गाउँ एक उत्पादन चेपाङ। कुमाल लगायतका लोपोन्मुख समुदायहरुको संग्राहलय निर्माण र संचालन गर्ने जस्ता विकासका कार्यक्रम गर्ने प्रतिवद्धताहरु सार्वजनिक भएको छ ।
यसअघि एमालेले जितेका गाउँपालिकाहरुमा गरिएका विकासका कामहरुको प्रतिवद्धतापत्रमा समिक्षा समेत गरिएको छ । थाक्रे, गल्छी, धुनिबेसी, बेनिघाटरोराङ, गजुरी, सिद्धलेक, ज्वालामूखी, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, खनियाबास, रुबीभ्याली, गंगाजमुना, नीलकण्ठ नगरपालिकाले आफ्नो भूगोल विकासको अवस्था अनुसार काम गर्न सकिने र गर्नुपर्ने विषयहरु समेटेर प्रतिवद्धतापत्रहरु निर्माण गरेको नेकपा एमाले धादिङले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |