वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
माध्यामिक तहको शिक्षासम्मको अधिकार पाएका स्थानीय सरकारहरुले एसईई भन्दा तल्लो तहसम्मको परीक्षा सञ्चालन गर्दे आएका छन्। पहिले जिल्लाले गर्ने जिल्ला स्तरीय परीक्षा अहिले स्थानीय सरकारले गराउँदै आएका छन् । जिल्ला स्तरीय परीक्षाको रुपमा रहेको कक्षा आठको परीक्षा सञ्चालनमा भने स्थानीय सरकारहरु चुकेका छन् । उनीहरु प्रश्नपत्र निर्माणमै चुकेका हुन् ।
दाङका दुई उपमहानगरपालिका तुलसीपुर र घोराहीका शिक्षा शाखाहरुले प्रश्नपत्र निर्माणमा गम्भीर लापरवाही गर्दा विद्यार्थीहरु मर्कामा परेका छन् । उमहानगरको शिक्षा शाखाले तयार गरेको कक्षा आठको विभिन्न विषयको प्रश्नपत्रमा नेपालीबाट सोधिएको प्रश्न र अंग्रेजीबाट सोधिएको प्रश्न फरक फरक हुँदा विद्यार्थीहरु अन्यौलमा छन् ।
तुलसीपुर उपमहानगरपालिकाले तयार परेको सामाजिक शिक्षाको प्रश्न पत्रमा अर्को लापरबाही देखिएको छ । ७५ पूर्णाङकको सामाजिक शिक्षाको परीक्षामा विद्यार्थीलाई ९३ पूर्णाङकको परीक्षा गराइएको छ । त्यसमा पनि संविधानसंग सम्बन्धित प्रश्नमा नेपालीमा एउटा र अग्रेजीमा अर्कै अर्थ लाग्ने प्रश्न राखिएको छ ।
घोराही उपमहानगरपालिकाको शिक्षा शाखाले तयार पारेको जनसंख्या शिक्षाको कक्षा ८को प्रश्नपत्रमा पनि गल्ती पाइएको छ । नेपालीमा लागुऔषध सम्बन्धि प्रश्न सोधिएको छ भने अंग्रेजीमा वायुप्रदुषणको विषय राखिएको छ । यस्ता प्रश्नले विद्यार्थीहरुलाई दोधारमा परोको र प्रश्नपत्र निर्माणमा देखिएको यो लापरवाहीले शिक्षकलाई उत्तर पुस्तिका परीक्षणमा समेत समस्या हुने देखिएको शिक्षकहरुले बताएका छन्।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले प्राविधिक कारणले प्रश्नपत्रमा केही गल्ती भएको स्वीकार गरे । आगामी दिनमा यस्ता गल्तीहरुलाई सुधार गरेर लैजाने उनले बताए ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।