धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौं, ०८ बैशाख ।
सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको छ ।
गत ७ साउनमा पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने निर्णय गरेको कांग्रेसले पछिल्लो समय कांग्रेस तथा पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमै राख्दै आएको छ ।
कांग्रेसको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने भन्दै ८ साउनमा डाकिएको पार्टी बैठकलाई सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा राखिएको थियो ।
बालुवाटारमा बैठक राख्दा पार्टीभित्र र बाहिर आलोचना भएपछि कांग्रेसले गत ८ साउनमा डाकिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकलाई देउवा निवास बुढानीलकण्ठमा राखेको थियो ।
तत्कालीन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको औपचारिक बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने जानकारी दिँदै ट्वीट गरेका थिए ।
विगतको गलत परम्परालाई तोड्दै अबदेखि पार्टीको औपचारिक बैठकमा नबस्ने उनले बताएका थिए । सोही निर्णय कार्यान्वयन गर्दै गत ८ साउनमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानीलकण्ठमा राखिएको थियो ।
तर, सोही निर्णयविपरीत बिहीबार पनि बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उनले भने, ‘निर्वाचनलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।’
पछिल्लो समय सत्तारुढ गठबन्धनको बैठक पनि बालुवाटारमै बस्दै आएको छ । उक्त बैठक ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउन केन्द्रित रहँदै आएको छ । यी बैठकले गठबन्धनका पाँच दलबीच भागबन्डा मिलाउनदेखि उम्मेदवार चयन गर्नेसम्मका निर्णय गरेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |