नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ,०३ बैशाख ।
नेपाल तेक्वान्दो संघ धादिङले पदक जित्न सफल जिल्लाका ११ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शनिबार आज एक समारोहको बिच नीलकण्ठ नरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले स्वर्ण पदक विजेता खेलाडीलाई नगद ४ हजार र रजत र कास्य पदक विजेता खेलाडीलाई नगद ३ हजार र प्रमाण पत्र सहितले सम्मान गर्नुभएको हो ।

सम्मानित हुने पदक विजेता खेलाडीहरुमा रुपेश तामाङ, सुप्रिमा बजगाई, अभिषेक डल्लाकोटी, आशिक गुरुङ, धनबहादुर गुरुङ, प्रमिता तामाङ, मनोज श्रेष्ठ, प्रमिला गुरुङ, पावल तामाङ, सुशान्त पाण्डे र प्रविन तामाङ रहेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ मेयर ढुङ्गानाले नीलकण्ठ नरपालिकाको हरेक वडामा खेलकुदका पूर्वाधारहरु सुरुभएको बताउनुभएको छ । पूर्वाधारहरुलाई पूर्णता दिन बाँकी रहेको भन्दै उहाँले खेल या पूर्वाधार निमार्णका लागि नगरपालिकामा आएका प्रस्तावना कार्यान्वन हुन कुनै बाँकी नरहेको बताउनुभयो ।

आफ्नो कार्यकालको अवधिमा नीलकण्ठ हरेक वर्ष विभिन्न सूचाङ्कमा उत्कृष्ट बनेको उहाँको भनाई छ । मेयर ढुङ्गानाले नियमित बजेट बाहेक अरबौं बजेट नीलकण्ठमा ल्याउन सफल भएको भन्दै अझै केहि अधुरा काम भएकोले मेयरमा आफुले फेरि उम्मेदवारी दिने बताउनुभयो ।

यसैगरी सोही कार्यक्रमको अवसरमा ३९ जना खेलाडीलाई डान प्रमाण पत्र प्रदान गरिएको छ । २२ जनालाई प्रथम डान, १० जनालाई दोस्रो डान र ७ जनालाई तेस्रो डानको प्रमाण पत्र प्रदान गरिएको नेपाल तेक्वान्दो संघ धादिङले जनाएको छ । संघका जिल्ला अध्यक्ष प्रदिप गिरीको अध्यक्ष्यतामा भएको कार्यक्रममा नीलकण्ठ नरपालिकाका मेयर ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |