Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

नेपाली बैंकमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको आग्रह

नीलकण्ठ एफ.एम १३५८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १, बिहिबार (४ साल अघि)
नेपाली बैंकमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको आग्रह

लण्डन, १ वैशाख

अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए ।

‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे।

‘ ६/७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ । राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ,’ उनले भने, ‘पेट्रोलको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको छ ।’

विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताए ।

‘लगानी गर्न पनि मद्दत पुग्ला भनेर यहाँहरुको हितमा होस् भनेर गरेका थियौं । त्यहाँ रहेको निश्क्रिय पूँजीलाई सक्रिय बनाउन पनि खोजेको हो। खाता खोल्ने विषय, खाता खोल्न झन्झट छ भन्नेहरुलाई उत्तर हाम्रो नीति र निर्णयले दिइसकेका छौं’, उनले भने, ‘यी सबै झन्झट हटिसकेको छ अब तपाईंहरुले खाता खोल्नुहुन्छ कि हुन्न ?’

डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनले बताए । ‘एनआरएनमा संगठितलाई मात्रै होइन । नेपाली भन्ने कुनै पनि विवरण पेश गर्दा खाता खोल्न पाइनेगरी व्यवस्था गरेका छौं । यसमा एनआरएनएले सहजीकरण गरिदियोस् भन्ने हाम्रो आग्रह हो,’ मन्त्री शर्माले भने ।

कार्यक्रममा अर्थ सचिव मधु मरासिनी तथा नेपाल राष्ट्र बैंककी कायममुकाम गभर्नर डा नीलम ढुंगानाले सहभागीहरुका प्रश्नको जवाफ दिएका थिए।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले डलर खाता खोल्ने विषय प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्ने एउटा माध्यम भएको बताए । उनले विदेशमा रहेका नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्न नीति नियम परिवर्तन गरी सजिलो बनाइदिएकोमा सरकारलाई धन्यवादसमेत दिए ।

‘यो नेपालसँग जोड्ने कोशे ढुंगा हो । यो हाम्रो लागि जन्म भूमिको गुण तिर्ने मौका पनि भएकाले सबैले डलरमा खाता खोलिदिनु होला,’ अध्यक्ष आचार्यले भने । उनले गैरआवासीय नेपाली नागरिकताका लागि व्यवस्था गर्न मन्त्री शर्मालाई आग्रह गरे । ‘लगानीका विषयमा मन्त्रीज्यूहरुसँग छलफल भैरहेको छ । सबै सकारात्मक हुनुहुन्छ । हाम्रा समस्या धेरै छैनन् । छिटोभन्दा छिटो समाधान गरिदिनुहुनेछ भन्ने आशा छ,’ उनले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

  • धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

  • बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

  • समाचार
    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0