Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ७, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

४७६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १, बिहिबार (३ साल अघि)
राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

काठमाडौं, ०१ बैशाख

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको केही घण्टा अघि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको थियो ।

आफ्नो पार्टीसँग भिड्न मिलेर आउन सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौती सुनसरीको इनरुवामा बुधबार आयोजित आमसभामा ओलीले भाषण गरिरहँदा काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो।

दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हो । सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए । सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन् । त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ ।

त्यस्तै एमाले र नेपाल परिवार दलबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । आजै एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

देशभरिका तालमेल सम्भव हुने पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने दुई दलबीच सहमति भएको छ । परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र परिवारका दलका उम्मेदवारहरुलाई एमालेले सघाउने सहमति भएको छ । परिवार दलका उम्मेदवारहरुले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

गठबन्धनमाथि आक्रामक हुँदै आएका ओलीले एक्लै गठबन्धनलाई तहलगाउने भाषण गरिरहे पनि एमाले सत्ता गठबन्धनविरुद्ध गठबन्धन गरेर अघि बढ्ने गरि छलफलमा केन्द्रीत रहेको देखिएको छ ।

‘गठबन्धन गरेर को को आउने हो । सबै मिलेर आउन् । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ’ ओलीले भनेका थिए तर वास्तविकता भने त्यस्तो देखिएको छैन ।

ओली सरकारका बेला उनलाई साथ दिएको महन्थ ठाकुर नेतृत्वको लोसपासहितका दलहरुसँग तालमेल गरेर अघि बढ्ने गरि छलफल गरेर अघि बढाइरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

ओलीले मापाँच दलीय गठबन्धन, ६ दलीय गठबन्धनलाई ‘बिचराहरू’ भन्दै गठबन्धन अलपत्र अवस्थामा रहेको पनि बताएका थिए । तर मंगलबार गठबन्धनको बैठकपछि उनको दल एमाले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरेको छ ।
तर, एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले भने कुनै पनि दल आफ्नो पार्टीको चुनाव चिह्न लिन तयार भएकाले त्यसलाई अनुमति दिएको दाबी गर्छन् ।

‘एक्लै उठ्ने भन्ने नै थियो तर सूर्य चिह्न लिएरनै उठ्छु भनेर आउँछ भने त्यसलाई हामीले अनुमति दिएका हौं’ उनले भने । ति दलहरुले एमाले बाहेको चिह्न लिएर चुनाव लड्न खोजे तालमेल नहुने उनले बताए । सत्ता गठबन्धनले गरेको तालमेलले आफूहरु नझस्किएको उनको भनाइ थियो ।

‘त्यसलाई जनमतले पछि देखाउँछ अहिले त्यसमा केही भनिरहनु आवश्यक छैन’ उनले भने, ‘एमालेमा पछिल्लो समय आकर्षण बढिरहेको छ।’

राप्रपा र परिवार दलसँगको तालमेलले सत्ता गठबन्धनसँग भीड्न सक्छ एमाले ?

वैशाख ३० गतेका तय भएको स्थानीय तहको निर्वाचनमा एमाले यस अघिको निर्वाचनमा पाएको जीतलाई कायम राख्दै थप उपलब्धि हासिल गर्ने लक्षमा रहेको नेताहरुले दाबी गर्दै आएका छन् । तर त्यो उसका लागि सहज भने छैन । गत निर्वाचनमा पाएको सफलता अनुसार कार्यसम्पादन नहुँनु, नेकपाको विभाजन र एमालेको फुटका कारण उसको कत बढ्ने भन्दा घट्ने आकलन भइरहेको छ । त्यसमा पनि गत निर्वाचनमा एमालेले जितको दर्जनौं स्थानमा नेपाली कांग्रेस र अन्य राजनीतिक पार्टी थोरै मत पराजित भएका थिए । अब सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुँदा त्यसको प्रत्यक्ष असर एमालेलाई पर्ने देखिएको छ ।

अब, एमालेले राप्रपा र परिवार दलसँग गरेको तालमेलले फाइदा पुग्छ भन्ने प्रश्न उव्जिएको छ । यसमा पनि एमालेलाई खास लाभ हुने अवस्था भने देखिएको छैन ।

राप्रपा अध्यक्षमा पराजित भएपछि केही समय अघि मात्र राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको जनमत कस्तो छ भन्ने देखिएको छैन । एकीकृत राप्रपा हुँदा नै कमजोर हुँदै गएका कमल थापा फुटपछि बलियो भएका छन् भन्ने आकालन सायद एमालेले पनि गरेको छैन होला । तर हेटौंडा लगायका कतिपय स्थानमा भने कमल थापाको पार्टीको केही मत रहेको अनुमान गरिएको छ । केही मतले पराजित हुने स्थानमा भने यो तालमेलले नगण्य रुपमा फाइदा पुग्न सक्छ ।

अर्को दल परिवार दलसँगको तालमेलले पनि एमालेलाई खास फाइदा हुने देखिएको छैन । जनाधार नभएको र तत्काली नेकपा बनेपछि उक्त दलमा समाहित भएको परिवार दलको मतले तात्विक रुपमा एमालेलाई फाइदा हुने देखिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

  • दशौँ धादिङ महोत्सव हुँदै

    दशौँ धादिङ महोत्सव हुँदै

  • कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

  • दुई दिने मोतिबिन्दु शल्यक्रिया शिविरमा १०७ जनाको सफल शल्यक्रिया

    दुई दिने मोतिबिन्दु शल्यक्रिया शिविरमा १०७ जनाको सफल शल्यक्रिया

  • समाचार
    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    दशौँ धादिङ महोत्सव हुँदै

    दशौँ धादिङ महोत्सव हुँदै

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0