वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
धादिङ, ९ असोज : निरन्तर वर्षासँगै ढुङ्गासहितको पहिरो खस्दा पृथ्वी राजमार्गअन्तर्गत धादिङका तीन स्थानमा दुवैतर्फ र दुई स्थानमा एकतर्फी सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज मध्याह्न १२ बजेसम्म बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, वडा नं १० तिग्राङखानी र वडा नं ९ ज्यामिरेघाटमा दुवैतर्फ सडक अवरुद्ध भएको हो ।
कृष्णभिरमा अवरोध हटाउने काम भइरहेका बेला पुनः ढुङ्गा खस्न थालेपछि काम रोकिएको छ । तिग्राङखानी र ज्यामिरेघाटमा पनि माथिबाट ढुङ्गासहित पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
त्यसैगरी गजुरी गाउँपालिका–२ परेवाभिर र बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा एकतर्फी सडक अवरुद्ध भएको छ । यी दुवै स्थानमा अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लामा निरन्तर वर्षा भइरहेको र भारी वर्षाको सम्भावना रहेकाले सडक, मौसम तथा जोखिमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज बिहानदेखिनै अर्को सुचना जारी नहुन्जेल सम्म पृथ्वीराजमार्गमा सवारी पुर्णरुपमा रोक लगाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |