ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
लायन राजाराम रिजाल सम्मानित
गोरखा, भदौ १५:
गोरखाका आरुघाट युवा क्लब र आरुघाट नेवा गुठी समाज, काठमाडौँले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ८ लाख ७ हजार ७ सय २३ रुपैयाँ सहयोग गर्ने भएका छन्। चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले दुवै संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायतका जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गर्न लागिएको आरुघाट युवा क्लबले जनाएको छ।
क्लबका सदस्य सोवित श्रेष्ठका अनुसार विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले दुवै संस्थाको सहकार्यमा रकम सहयोग गर्न लागिएको हो।
आरुघाट युवा क्लबले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
क्लबले खेलकुद क्षेत्रको प्रवर्द्धनसँगै नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा पनि सहयोग गर्दै आएको क्लबको भनाइ छ।
त्यस्तै, आरुघाट नेवा गुठी समाजले नेवा कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनका साथै विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
विपद्का बेला दुई संस्थाले संयुक्त रूपमा आर्थिक सहयोग गर्ने निर्णयले सामाजिक उत्तरदायित्वसँगै सामुदायिक एकताको सकारात्मक सन्देश दिएको छ। विपद्बाट प्रभावित नागरिकलाई राज्यको प्रयाससँगै सामाजिक संघसंस्था तथा समुदायको सहयोग पनि आवश्यक रहेको क्लबले जनाएको छ।
आरुघाट युवा क्लबले सरकारको राहत तथा उद्धार अभियानमा हातेमालो गर्दै बाढी तथा पहिरोबाट प्रभावित बालबालिका, ज्येष्ठ नागरिक तथा परिवारलाई सहयोग गर्न व्यक्ति, संघसंस्था र समुदायलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोग तथा सहकार्य गर्न आह्वान गरेको छ।
विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि सरकारी निकाय, स्थानीय समुदाय र सामाजिक संघसंस्थाबीचको सहकार्य आवश्यक रहेको क्लबले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |