वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ १४,भदौ । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका क्षेत्रको कृष्णभीरमा सडक भासिनुका साथै गजुरी गाउँपालिकाको परेवाभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध कायमै रहेको छ ।
बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर क्षेत्रमा सडकको ठूलो भाग भासिएपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सो स्थानमा सडक नै भासिएकाले तत्काल राजमार्ग सञ्चालनमा ल्याउन कठिन देखिएको प्रहरीले जनाएको छ ।
यसैगरी, गजुरी गाउँपालिकास्थित परेवाभीरमा पहिरो खसेपछि उक्त क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ । त्रिशूली नदीमा बढेको बहावका कारण राजमार्गका विभिन्न भाग जोखिममा परेका छन् ।
काठमाडौंलाई देशका मध्य तथा पश्चिमी भूभागसँग जोड्ने मुख्य सडकमार्गका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
प्रहरीले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन तथा सडकको अवस्था यकिन गरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।