ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
लायन राजाराम रिजाल सम्मानित
धादिङ १४,भदौ । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका क्षेत्रको कृष्णभीरमा सडक भासिनुका साथै गजुरी गाउँपालिकाको परेवाभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध कायमै रहेको छ ।
बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर क्षेत्रमा सडकको ठूलो भाग भासिएपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सो स्थानमा सडक नै भासिएकाले तत्काल राजमार्ग सञ्चालनमा ल्याउन कठिन देखिएको प्रहरीले जनाएको छ ।
यसैगरी, गजुरी गाउँपालिकास्थित परेवाभीरमा पहिरो खसेपछि उक्त क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ । त्रिशूली नदीमा बढेको बहावका कारण राजमार्गका विभिन्न भाग जोखिममा परेका छन् ।
काठमाडौंलाई देशका मध्य तथा पश्चिमी भूभागसँग जोड्ने मुख्य सडकमार्गका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
प्रहरीले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन तथा सडकको अवस्था यकिन गरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |