वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेंसी, भदौ १४ गते ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई आपत्कालीन राहत सामाग्री वितरण गरिएको छ । धादिङको गल्छी गाउँपालिकामा बाढीका कारण समस्यामा परेका अतिप्रभावित एक सय घरधुरीलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।
‘नेपाल फ्लड रेस्पोन्स प्रोग्राम’ (Nepal Flood Response Program) अन्तर्गत गल्छी गाउँपालिकासँगको समन्वय तथा डिसिए नेपाल (DCA Nepal) र एक्सन नेपालको सहकार्यमा राहत वितरण कार्यक्रम गरिएकोे हो ।
राहत स्वरूप प्रत्येक प्रभावित घरधुरीलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू प्रदान गरिएको छ । जसअन्तर्गत प्रतिपरिवार १ बोरा चामल, २ लिटर तोरीको तेल, १ पोका नुन, १ प्याकेट मसला, १ प्याकेट बेसार, १ प्याकेट खुर्सानी, ५ प्याकेट सोयाबिन र ५ किलोग्राम दाल वितरण गरिएको छ ।
त्यसैगरी, बाढीबाट प्रभावित घरपरिवार तथा समुदायको अस्थायी व्यवस्थापन र पुनस्थापनाका लागि बेनीघाट रोराङ गाउँपालिकालाई समेत आपत्कालीन आश्रय सामग्री हस्तान्तरण गरिएको छ । सो गाउँपालिकालाई १० थान फेमिली टेन्ट र १५० थान त्रिपाल उपलब्ध गराइएको एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुङ्गानाले जानकारी दिनुभयो ।
स्थानीय तहसँगको प्रत्यक्ष समन्वयमा प्रदान गरिएको यस राहत सहयोगले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई तत्कालको गुजारा चलाउन र अस्थायी बसोबास व्यवस्थापन गर्न ठूलो राहत पुग्ने ढुङ्गानाले बताउनुभयो ।




मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।