वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, १२ भदौ : भदौ १० गतेको बाढीपछि धादिङ स्थायी ठेगाना भएका ११३ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
गोसाइँकुण्ड तीर्थयात्रा, रोजगारी तथा विभिन्न कामको सिलसिलामा घरबाहिर रहेका व्यक्तिमध्ये स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न व्यक्तिबाट प्राप्त सूचनाका आधारमा शुक्रबार बिहान ६ बजेसम्म ११३ जनासँग सम्पर्क हुन नसकेको विवरण सङ्कलन भएको हो।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी थाक्रे गाउँपालिका र नीलकण्ठ नगरपालिकाका २३/२३ जना सम्पर्कविहीन छन्। धुनीबेँसी नगरपालिकाका १३ र रुबीभ्याली गाउँपालिकाका पनि १३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी गल्छी, बेनीघाट रोराङ र खनियाबास गाउँपालिकाका सात/सात, सिद्धलेक गाउँपालिकाका छ, गजुरी र नेत्रावती डबजोङ गाउँपालिकाका पाँच/पाँच जना सम्पर्कविहीन छन्। त्रिपुरासुन्दरी गाउँपालिकाका दुई तथा ज्वालामुखी र गङ्गाजमुना गाउँपालिकाका एक/एक जना सम्पर्कमा नआएको विवरणमा उल्लेख छ।
प्रशासनका अनुसार सम्पर्कविहीनको विवरण स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त सूचनाका आधारमा अद्यावधिक भइरहेको छ। सूचीमा रहेका कुनै व्यक्ति परिवार वा आफन्तको सम्पर्कमा आइसकेको भए सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
त्यस्तै हालसम्मको विवरणमा नाम समावेश नभएका तर बाढीपछि सम्पर्कमा नआएका धादिङका अन्य व्यक्ति भए त्यसबारे पनि जानकारी उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ।
सम्पर्कमा आएका वा अझै सम्पर्कविहीन व्यक्तिबारे जिल्ला प्रहरी कार्यालय धादिङको मोबाइल नम्बर ९८५१२८३४८० वा जिल्ला प्रशासन कार्यालय धादिङको ९८५१४४३४७७ मा जानकारी गराउन सकिने जनाइएको छ।
बाढीपछि विभिन्न स्थानमा रहेका धादिङका नागरिकको अवस्था पहिचान गर्न स्थानीय तह, सुरक्षा निकाय र प्रशासनले विवरण सङ्कलन तथा सम्पर्क स्थापित गर्ने काम जारी राखेका छन्।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।