वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ, ११ भदौ : भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा राजमार्ग अवरुद्ध भई अत्यावश्यक वस्तुको आपूर्तिमा असहजता उत्पन्न भएपछि नेत्रावती डबजोङ गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका बजारमा कालोबजारी, कृत्रिम अभाव र अनावश्यक मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
गाउँपालिकाले आज सूचना जारी गरी बाढीपछिको प्रतिकूल परिस्थितिको फाइदा उठाउँदै वस्तु तथा सामग्री सञ्चय गरेर कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिने तथा कालोबजारी गर्ने कार्य नगर्न व्यवसायीलाई सचेत गराएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशीद्वारा जारी सूचनामा त्यस्ता गतिविधि गरेको वा गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ।
तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण मानवीय तथा भौतिक क्षतिसँगै मुख्य सडकमार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीको नियमित आपूर्तिमा समेत असर परेको गाउँपालिकाले जनाएको छ।
बाढीपछिको आपूर्ति अवस्थालाई ध्यानमा राख्दै उपभोक्ताको आवश्यकतामाथि असर पर्ने गरी सामान लुकाउने वा सञ्चय गर्ने तथा मूल्य बढाउने काम नगर्न आग्रह गरिएको छ। त्यस्तो गतिविधि भएको पाइए सम्बन्धित निकायमा उजुरी गर्न सर्वसाधारणलाई समेत गाउँपालिकाले अनुरोध गरेको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।