धादिङवेशी, भाद्र ११
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्तिहरूको खोजी तथा उद्धार (रेस्क्यु) कार्यलाई तीव्र र प्रभावकारी बनाउन एक्सन नेपालले उद्धार सामग्री हस्तान्तरण गरेको छ।
जिल्ला प्रशासन कार्यालय, धादिङ र र प्रहरी चौकी गल्छीलाई एक्सन नेपालले DCA सँगको साझेदारीमा सञ्चालित “Promoting DRR Initiative in Most Vulnerable Communities in Dhading District” परियोजनामार्फत उक्त सामग्रीहरू जिल्ला प्रहरी कार्यालय धादिङलाई उपलब्ध गराएको हो।
हस्तान्तरण गरिएका सामग्रीहरूमा शव व्यवस्थापन ब्याग: १२० थान गमबुट: १०० जोडी पिक (गाल): २० थान सवेल (बेल्चा): २० थान मेडिकल ग्लोभ्स: ५० प्याकेट सर्जिकल मास्क: ५० प्याकेट रहेका छन् ।



बाढी प्रभावित विभिन्न स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वय गरी खोजी तथा उद्धार कार्यमा सहजीकरण गरिरहेको संस्थाका कार्यकारी निर्देशक कमल राज ढुंगानाले जानकारी दिनुभयो।
साथै, आगामी दिनहरूमा प्रभावित क्षेत्र र परिवारको पुनःस्थापनाका लागि पनि विभिन्न दातृ निकायहरूसँग निरन्तर संवाद र समन्वय भइरहेको उहाँले बताउनुभयो।
वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
