धादिङवेशी, भाद्र ११
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्तिहरूको खोजी तथा उद्धार (रेस्क्यु) कार्यलाई तीव्र र प्रभावकारी बनाउन एक्सन नेपालले उद्धार सामग्री हस्तान्तरण गरेको छ।
जिल्ला प्रशासन कार्यालय, धादिङ र र प्रहरी चौकी गल्छीलाई एक्सन नेपालले DCA सँगको साझेदारीमा सञ्चालित “Promoting DRR Initiative in Most Vulnerable Communities in Dhading District” परियोजनामार्फत उक्त सामग्रीहरू जिल्ला प्रहरी कार्यालय धादिङलाई उपलब्ध गराएको हो।
हस्तान्तरण गरिएका सामग्रीहरूमा शव व्यवस्थापन ब्याग: १२० थान गमबुट: १०० जोडी पिक (गाल): २० थान सवेल (बेल्चा): २० थान मेडिकल ग्लोभ्स: ५० प्याकेट सर्जिकल मास्क: ५० प्याकेट रहेका छन् ।



बाढी प्रभावित विभिन्न स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वय गरी खोजी तथा उद्धार कार्यमा सहजीकरण गरिरहेको संस्थाका कार्यकारी निर्देशक कमल राज ढुंगानाले जानकारी दिनुभयो।
साथै, आगामी दिनहरूमा प्रभावित क्षेत्र र परिवारको पुनःस्थापनाका लागि पनि विभिन्न दातृ निकायहरूसँग निरन्तर संवाद र समन्वय भइरहेको उहाँले बताउनुभयो।

ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन



