वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन सक्ने भन्दै कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि तथा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
रास्वपा जिल्ला कार्यालय धादिङले आज जारी गरेको अपिलमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको उल्लेख गरिएको छ। बाढीका कारण पृथ्वी राजमार्ग क्षेत्रमा पर्ने विभिन्न पुल तथा सडक संरचनामा क्षति पुग्दा यातायात र दैनिक उपभोग्य वस्तुको आपूर्ति केही समय प्रभावित हुन सक्ने अवस्था रहेको पार्टीले जनाएको छ।
आपूर्तिमा अवरोध भएको अवस्थालाई आधार बनाएर कृत्रिम अभाव सिर्जना गर्ने, सामानको मूल्य अस्वाभाविक रूपमा बढाउने वा कालोबजारी गर्ने कार्य हुन सक्नेतर्फ सचेत रहन अपिलमा आग्रह गरिएको छ।
पार्टीले धादिङबेशीलगायत बजार क्षेत्रका व्यवसायीलाई मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी दैनिक उपभोग्य सामग्री उचित मूल्यमा बिक्री तथा वितरण गर्न आग्रह गरेको छ।
त्यस्तै सर्वसाधारण उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी सामान सञ्चय नगर्न आग्रह गरिएको छ। कुनै व्यवसायीले अनावश्यक रूपमा मूल्य बढाएको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउनसमेत पार्टीले अनुरोध गरेको छ।
रास्वपा धादिङका सभापति राजन अर्यालद्वारा हस्ताक्षरित अपिलमा विपद्को समयमा एकअर्कालाई सहयोग गर्न आग्रह गर्दै “विपद्को समयमा नाफाभन्दा मानवता ठूलो हो, कालोबजारी होइन, सहयोग र सहकार्य गरौँ” भन्ने सन्देश दिइएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।