ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी, ६ भदौ : धादिङमा सम्पन्न नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखाको १९औँ वार्षिक साधारणसभा तथा सातौँ जिल्ला अधिवेशनमा सुनचाँदी व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिइएको छ।
अधिवेशनको खुला सत्रमा व्यवसायको सुरक्षा, नेपाली कालिगडको सीप संरक्षण, अवैध सुन कारोबार नियन्त्रण र व्यवसायमैत्री नीति निर्माणका विषयमा छलफल भएको हो।
संघका केन्द्रीय अध्यक्ष बालकृष्ण विश्वकर्माले सुनचाँदीलाई विलासिताको वस्तुका रूपमा मात्र नभई सम्पत्तिका रूपमा समेत परिभाषित गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सुनचाँदी व्यवसाय सञ्चालनका लागि स्पष्ट निर्देशिका र कार्यविधि आवश्यक रहेको बताउनुभयो। नेपाली कालिगडको सीप संरक्षण र प्रवर्द्धनका लागि जिल्लाजिल्लामा सीप विकास कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो।
उहाँले खुला सीमाबाट हुने अवैध कारोबार, उच्च भन्सार र कच्चा पदार्थको आपूर्तिमा देखिएको समस्याले वैध व्यवसायी प्रभावित भएको बताउनुभयो। व्यवसायीलाई बिल–बिजकसहित मात्र सुन तथा गहना ओसारपसार गर्न र ५० हजार रुपैयाँभन्दा माथिको कारोबार बैंकिङ माध्यमबाट गर्न उहाँले आग्रह गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले व्यवसायीलाई सुरक्षा प्रणाली बलियो बनाउन, सीसीटीभी जडान गर्न र कारोबारको अभिलेख सुरक्षित राख्न आग्रह गर्नुभयो। सोहि समारोहमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले शंकास्पद कारोबारबारे प्रहरीलाई तत्काल जानकारी गराउन आग्रह गर्नु भयो ।
संघका जिल्ला अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा र धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |