वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
‘हातमा क्यास, बजारमा छैन ग्यास’ भन्दै आपूर्ति र वितरण व्यवस्थामाथि प्रश्न
धादिङबेशी । सांसद आशिका तामाङले बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव र वितरणमा देखिएको असमानताप्रति कवितामार्फत व्यङ्ग्य गरेकी छन्। ‘हातमा क्यास, बजारमा छैन ग्यास’ भन्ने पंक्तिसहित उनले सर्वसाधारणले ग्यास सिलिन्डर पाउन भोग्नुपरेको समस्या र सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाएकी हुन्।
तामाङले कविता प्रस्तुत गर्दै ग्यास नपाउँदा सर्वसाधारणको दैनिक खानपान नै प्रभावित हुने अवस्था रहेको उल्लेख गरिन्। पैसा भएर पनि बजारमा ग्यास नपाउने तर पहुँच भएकाहरूले एकैपटक तीनवटासम्म सिलिन्डर लैजान सक्ने अवस्था रहेको भन्दै उनले वितरण प्रणालीप्रति व्यङ्ग्य गरिन्।
उनले ग्यास अभावका कारण एउटा परिवारले धेरै सिलिन्डर लैजाँदा अर्को परिवारमा अभाव सिर्जना हुने अवस्थालाई कवितामा समेटेकी छन्। सरकारले ग्यास पर्याप्त हुने बताइरहे पनि सर्वसाधारण खाली सिलिन्डर बोकेर विभिन्न ठाउँमा धाउन बाध्य भएको उनको भनाइ छ।
तामाङले थानकोटका उपभोक्तासमेत खाली सिलिन्डर बोकेर बालाजु र टेकुसम्म पुग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उपभोक्ताले भोगिरहेको सास्तीलाई कवितामार्फत प्रस्तुत गरिन्।
कविताको अन्त्यमा उनले ग्रामीण जीवनको प्रसङ्ग जोड्दै हिमालको फेदी र पाखापखेरामुनि कहिले ‘ग्यास भर्ने पँधेरो’ बन्ने हो भन्दै व्यङ्ग्य गरेकी छन्। उनको कविताले ग्यासको सहज उपलब्धता, समान वितरण र उपभोक्ताले भोगिरहेको समस्यालाई केन्द्रमा राखेको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।