ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,२५ साउन
धादिङको ज्वालामुखी गाउँपालिकाले बजार अनुगमनका क्रममा बरामद गरिएका म्याद गुज्रेका, गुणस्तर खाद्यवस्तु नष्ट गरीएको छ ।गाउँपालिकाले यसअघि बजार अनुगमनका क्रममा बरामद गरेका सामग्रीसँगै स्वास्थ्य शाखामा रहेका म्याद गुज्रेका औषधिसमेत नष्ट गरेको हो। अनुगमनका क्रममा बिस्कुट, चाउचाउ, चकलेट, तेल, चामल, सोयाबिन, मसला, भुजियालगायतका खाद्य सामग्री तथा पेय पदार्थ र अन्य उपभोग्य सामग्री बरामद गरिएको थियो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार अनुगमनबाट बरामद गरिएका ५१ थरिका खाद्य तथा अन्य सामग्री नष्ट गरिएको छ।गाउँपालिकाले बजार अनुगमन निर्देशिका, २०७९ तथा सम्बन्धित कार्यविधिअनुसार बजार अनुगमन गर्दै आएको उहाँले बताउनुभयो।गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले नियमित रूपमा बजार अनुगमन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले वर्षमा तीन पटकसम्म बजार अनुगमन गर्ने गरेको छ। गाउँपालिकाले बजारमा म्याद गुज्रेका तथा गुणस्तरहीन सामग्रीको बिक्री–वितरण रोक्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |